एमाले पदाधिकारी लड्ने यी कान्छी उम्मेदवार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
३१ पटक हेरिएको
Shares
एमाले पदाधिकारी लड्ने यी कान्छी उम्मेदवार

सारांश

  • कुनै बेला एमाले युवाहरूको पार्टी थियो ।
  • स्वयं मदन भण्डारी तत्कालीन महासचिव चुनिँदै गर्दा ४० वर्षका थिए ।
  • अहिले भने ६० वर्षमाथिका पदाधिकारी उम्मेदवारको संख्या ६० प्रतिशतभन्दा माथि देखिएको छ ।

२ पुस, काठमाडौं ।

कुनै बेला एमाले युवाहरूको पार्टी थियो । स्वयं मदन भण्डारी तत्कालीन महासचिव चुनिँदै गर्दा ४० वर्षका थिए । अहिले भने ६० वर्षमाथिका पदाधिकारी उम्मेदवारको संख्या ६० प्रतिशतभन्दा माथि देखिएको छ । पार्टीले ५ प्रतिशत युवा कोटा राख्ने निर्णय पारित गरे पनि युवाहरु नेतृत्वमा आउन अझै पनि छुटेका छन् । यसैका बीचमा एमालेमा ४१ वर्षीया रचना खड्काले सचिव पदमा उम्मेदवारी हालेकी छन् । बागमतीकी पूर्वअर्थमन्त्री रचना एमालेको केन्द्रीय सदस्यमा पहिलो चोटि चुनिँदा २८ वर्षकी थिइन् । ‘आम नागरिक, खासगरी युवाहरुको भावनालाई आत्मसात् गर्दै पार्टीसँग बढेको दूरीलाई अब मेट्ने हाम्रो योजना हुन्छ,’ खड्काले भनिन्, ‘जनतामा बढेको निराशा, जन अपेक्षा र डेलिभरीका खाडलको सन्दर्भमा हामी ठोस र देखिने खालका कदम चाल्ने छौं ।’

रचनाले एमाले जनसंगठन विभागको उपप्रमुखका रुपमा २३ वटै जनसंगठनमा काम गरेकी छन् । अनेरास्ववियुको शीर्षस्थ तहसम्म काम गरेर पार्टीमा सक्रिय उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र र संवैधानिक तथा अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेकी छन् । पार्टीको विचार निर्माण तथा संगठन दुवैतर्फ उनको दक्खल छ । नेतृत्व छान्न आज साँझदेखि मतदान हुने एमाले ले जनाएको छ ।

०४१ असार ५ गते रामेछापमा जन्मेकी रचना आफ्नै जिल्लाबाट सांसद चुनिइन् । उनी बागमती प्रदेश सभा सदस्य,  बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनिन् । पार्टी तथा सरकार दुवैतर्फबाट नेतृत्वमा अघि बढ्दै गरेकी रचनाले आफू कान्छो उमेरको पदाधिकारी उम्मेदवार बन्ने संयोगलाई पार्टी नेतृत्व र जनताबीच टाढिँदो सम्बन्ध नजिक्याउने अवसरका रुपमा हेरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ
सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया