पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक
सारांश
- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केहिबेर अघि सुरु भएको छ ।
- जेनजी आन्दोलनपछि विकसित परिस्थितिबारे छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।
- पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
५ असोज, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केहिबेर अघि सुरु भएको छ । जेनजी आन्दोलनपछि विकसित परिस्थितिबारे छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको हो । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । बैठक एजेन्डाबारे थप खुलाइएको छैन ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया