छ दिनपछि घट्यो सेयर बजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
८७ पटक हेरिएको
Shares
छ दिनपछि घट्यो सेयर बजार

सारांश

  • अघिल्ला ६ कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार १३.
  • ९५ अंक घटेको छ ।
  • यो कमीसँगै बजारको परिसूचक नेप्से २७१२ अंकमा अडिएको छ ।

 

६ साउन, काठमाडौं ।

अघिल्ला ६ कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार १३.९५ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २७१२ अंकमा अडिएको छ । दिनभर बजार रातोमै रह्यो । १ आज ७७ कम्पनीको मूल्य बढ्दा १९३ को घटेको छ भने ७ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो । अधिकांश समूहगत सूचक घटेका छन् । फाइनान्स ०.४९ र उत्पादन तथा प्रशोधन समूह ०.४५ प्रतिशत बढे ।

अरु सबै घटेका छन् । व्यापार सबैभन्दा धेरै २.६० प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.२७, विकास बैंक ०.२४, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५७, लगानी ०.५०, जीवन बीमा ०.६५, माइक्रोफाइनान्स ०.४२, निर्जीवन बीमा १.२६, अन्य ०.९८ प्रतिशत घटे । हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । बुंगल हाइड्रोपावरको १०.५०, सालपा विकास बैंकको ५.९२, पियोर इनर्जीको ५.२३ तथा श्रीनगर एग्रिटेकको ४.३२ प्रतिशत मूल्य बढ्यो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ३.९२, दिव्यश्वरी हाइड्रोपावरको ३.६७ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, सिटी होटल छन् । २ : ५४ बजे नेप्से २६९४ अंकसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम अंक हो । गत साताको मंगलबारदेखि हिजो मंगलबारसम्म बजार लगातार बढेर बन्द भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?