कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तहरू आन्दोलित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तहरू आन्दोलित

सारांश

  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ मा रहेको प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु भएको हो।
  • वीरेन्द्रनगर नगरपालिका–६ बस्ने १८ वर्षीया सुत्केरी शर्मिला सुनारको मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका छन्।
  • शर्मिलाका आफन्तहरू बिहानैदेखि अस्पताल परिसरमा आन्दोलन गरिरहेका छन्।

७ असोज ,कर्णाली प्रदेश अस्पताल कालगाउँ एक जना सुत्केरीको मृत्यु भएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ मा रहेको प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु भएको हो। वीरेन्द्रनगर नगरपालिका–६ बस्ने १८ वर्षीया सुत्केरी शर्मिला सुनारको मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका छन्। शर्मिलाका आफन्तहरू बिहानैदेखि अस्पताल परिसरमा आन्दोलन गरिरहेका छन्। चिकित्सकको लापरबाहीका कारण शर्मिलाको मृत्यु भएको आफन्तहरूको आरोप छ।

डाक्टरले सामान्य अवस्था भनिरहेका बेला एक्कासी सोमबार बिहान साढे ३ बजे मृत्युको खबर दिएको आफन्तहरूको भनाइ छ।यस्तै, सुत्केरीको मृत्युको खबर दिनुअघि अस्पतालबाट प्रहरी बोलाइएको, घटना रोक्न प्रहरी परिचालन गरिएको भन्दै उनिहरुले अप्रेसनमा सहभागी डाक्टरहरूलाई कारबाहीको माग गरेका छन्। पीडितहरूले आन्दोलन गरेपछि प्रदेश अस्पतालमा एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ।

शर्मिलालाई सुत्केरी व्यथा लागेपछि आइतबार दिउँसो प्रदेश अस्पतालमा पुगेकी थिइन्। अस्पताल प्रशासनका अनुसार शर्मिलालाई अस्पताल भर्ना गर्दा ज्वरो आएको थियो। प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले सुत्केरीको उपचारको क्रममा सोमबार बिहान ३ बजेदेखि ४ बजेको समयमा मृत्यु भएको  जानकारी दिए।  ‘सुत्केरीलाई हल्का ज्वरो आइरहेको रहेछ। आइतबार दिउँसो अस्पताल भर्ना भएर सुत्केरी भएपछि रक्तस्राव बढी भयो। बच्चाको धड्कन चलेको थिएन्। बच्चा मृत जन्मिएको थियो,’ उनले भने।

यस्तै, बस्नेतले सुत्केरीलाई धेरै रक्तस्राव भएका कारण बेहोस भएपछि आईसीयूमा राखेर उपचार गरिरहेको बेला उपचारकै क्रममा मृत्यु भएको बताए।यस्तै, शर्मिलालाई अस्पताल भर्ना गरेपछि बच्चा नचलेको र राती मृत बच्चा जन्मेको अस्पताल प्रशासनले जनाएको छ।यता प्रशासनले अहिले सुत्केरीका आफन्तहरू र अस्पताल प्रशासन छलफल रहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
आजको मौसम : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध
निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध
मोरङमा वर्षापछिको विपत्ति: सयौं परिवार सुरक्षित स्थानमा सारिए
मोरङमा वर्षापछिको विपत्ति: सयौं परिवार सुरक्षित स्थानमा सारिए
सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो
सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृ*त फेला
भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृ*त फेला
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल