लोसपामा विवाद, महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २४, २०८०
|
|
२३ पटक हेरिएको
Shares
लोसपामा विवाद, महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक

सारांश

  • लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्य समिति बैठक आज बस्दै छ ।
  • पार्टीमा दोस्रो वरियताका नेता राजेन्द्र महतोले बैठकमा सहभागी नहुने बताएका छन् ।
  • लोसपाका महामन्त्री केशव झाका अनुसार कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल गर्ने कार्यसूची छ ।

२४ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्य समिति बैठक आज बस्दै छ ।

पार्टीमा दोस्रो वरियताका नेता राजेन्द्र महतोले बैठकमा सहभागी नहुने बताएका छन् ।लोसपाका महामन्त्री केशव झाका अनुसार कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल गर्ने कार्यसूची छ । तर पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट महतोले आफ्नो मत सुनुवाइ नभएको भन्दै बैठकमा नजाने बताएका छन् । महतोले दुई महिना अघि बसेको कार्यकारिणी समितिको बैठकमा पुरा नेताहरु पदाधिकारी र केन्द्रीय समितिमा छुटेकाले उनीहरुलाई समेट्नुपर्ने बताएका थिए ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले पनि त्यसलाई सम्बोधन गर्ने बचन दिएका थिए । तर अहिलेसम्म पनि आफ्नो मतको सुनुवाइ नभएको भन्दै महतो असन्तुष्ट छन् । महतो निकट केन्द्रीय सदस्य सन्तोष मेहताले भने, ‘हिजोसम्म उहाँले उहाँले बैठकमा जान्छु भन्नुभएको थियो । तर दुई महिना अगाडि भनेको कुराको सम्बोधन नहुने भएपछि म किन बैठकमा जाने भन्नुभएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा महानगरपालिका– ४ का वडाध्यक्ष पक्राउ
पोखरा महानगरपालिका– ४ का वडाध्यक्ष पक्राउ
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित नहुने
रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित नहुने
सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना
सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना
१४ सदस्यीय बन्यो विस्तारित मन्त्रिपरिषद्, प्रधानमन्त्रीसँग अझै ३ वटा मन्त्रालय
१४ सदस्यीय बन्यो विस्तारित मन्त्रिपरिषद्, प्रधानमन्त्रीसँग अझै ३ वटा मन्त्रालय
२४ घण्टामा २२ सय चालकमाथि ट्राफिक कारबाही, २० लाख ३९ हजार राजस्व संकलन
२४ घण्टामा २२ सय चालकमाथि ट्राफिक कारबाही, २० लाख ३९ हजार राजस्व संकलन
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला