बाढीले क्षतिग्रस्त राजमार्गका पुलहरू दसैँअगावै पुनर्निर्माण गरिने : सडक विभाग
सारांश
- हालैको अविरल वर्षा र बाढीपहिरोका कारण क्षतिग्रस्त बनेका मुख्य राजमार्गका पुलहरूलाई आउँदो दसैँअगावै मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने सडक विभागले जनाएको छ।
- सडक विभाग अन्तर्गतको पुल महाशाखाले चाडपर्वका बेला सर्वसाधारणको आवागमन सहज बनाउन द्रुत गतिमा काम अघि बढाइएको जनाएको छ।
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो प्रतिवेदनमा गत बिहीबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले देशभर करिब १० वटा पुलमा क्षति पुगेको विवरण सार्वजनिक गरेको छ।
काठमाडौँ। हालैको अविरल वर्षा र बाढीपहिरोका कारण क्षतिग्रस्त बनेका मुख्य राजमार्गका पुलहरूलाई आउँदो दसैँअगावै मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने सडक विभागले जनाएको छ। सडक विभाग अन्तर्गतको पुल महाशाखाले चाडपर्वका बेला सर्वसाधारणको आवागमन सहज बनाउन द्रुत गतिमा काम अघि बढाइएको जनाएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो प्रतिवेदनमा गत बिहीबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले देशभर करिब १० वटा पुलमा क्षति पुगेको विवरण सार्वजनिक गरेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया