लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ८, २०८२
|
|
५६ पटक हेरिएको
Shares
लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से

सारांश

  • शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २७ अंकले घटेको छ ।
  • दशैं अघि लगानीकर्ताले नाफा बुक गर्दा नेप्से घटेको हो ।
  • यसअघि दुईदिन लगातार बढेको बजार आज २७.

८ असोज, काठमाडौं ।

शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २७ अंकले घटेको छ । दशैं अघि लगानीकर्ताले नाफा बुक गर्दा नेप्से घटेको हो । यसअघि दुईदिन लगातार बढेको बजार आज २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको हो । यसअघि मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा रोकिएको थियो । नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ । यसदिन कुल ३१७ स्टकको ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका मध्ये १९३ कम्पनीको शेयर मूल्य घट्दा ५३ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ४.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेकस १.७६ अंक घटेको छ । आज शेयरबजारमा ३ कम्पनी, माथिल्लो मैलुङ्ग खोल जलविद्युत, सिटि होटल, हिम स्टार उर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड र भिजन लुम्बिनी उर्जा कम्पनी को मूल्य करिब ८ प्रतिशत बढ्यो भने उन्नती सहकार्य लघुवित्त को शेयर मूल्य ५.३८ प्रतिशत घटेर सबैभन्दा धेरै गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो जसको कारोबार २२ करोड १३ लाख रुपैयाँको भएको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको करिब १७ करोड ३२ लाख  र हिमालयन रि इन्स्योरेन्सको १३ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । आज कुल १३ उपसमूहमध्ये २ उपसमूह (होटल तथा पर्यटन, म्युचुअल फण्ड) मात्र बढे भने बाँकी ११ उपसमूह घटेका छन् । यस दिन अन्य उपसमूह सर्वाधिक २.१६ प्रतिशतले घटेका छन् । साथै विकास बैंक, वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूह पनि १ प्रतिशत भन्दा बढीले घटेका छन् । समग्रमा, आज बजारमा सीमित कम्पनीका शेयर बढे पनि अधिकांश उपसमूह र कम्पनीहरूको मूल्य घटेको दिन रह्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार आरोपमा मुछिएपछि रुसी मन्त्रीले गरे आत्मह*त्या
भ्रष्टाचार आरोपमा मुछिएपछि रुसी मन्त्रीले गरे आत्मह*त्या
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु। 
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु। 
देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली
देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
बागमती नदीले सतर्कता तह पार गर्‍यो
बागमती नदीले सतर्कता तह पार गर्‍यो
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने
बाघको आक्रमणबाट एक जनाको मृत्यु
बाघको आक्रमणबाट एक जनाको मृत्यु
रामेछापको हिलदेवीमा पहिरोले गाउँ नै धसियो, ७८ घर जोखिममा
रामेछापको हिलदेवीमा पहिरोले गाउँ नै धसियो, ७८ घर जोखिममा
एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले
एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले