दसैँअगाडि हरियाली छाउँदै बन्द भयो सेयरबजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
७४ पटक हेरिएको
Shares
दसैँअगाडि हरियाली छाउँदै बन्द भयो सेयरबजार

सारांश

  • दशैँ अगाडिको अन्तिम कारोबार दिन सेयरबजार बढेर बन्द भएको छ।
  • आइतबार नेप्से सूचक ११.
  • ५१ अंकले बढेर बन्द भएको हो।

१२ असोज, काठमाडौं ।

दशैँ अगाडिको अन्तिम कारोबार दिन सेयरबजार बढेर बन्द भएको छ। आइतबार नेप्से सूचक ११.५१ अंकले बढेर बन्द भएको हो। सोमबारबाट दशैँ सुरु हुने हुँदा आइतबार नै दशैँ अघिको अन्तिम कारोबार हो। यो दिन बजार बढ्ने नेप्से सूचक २६६३.५१ अंकमा पुग्दा लगानीकर्ताले २ अर्ब ९३ करोडको मात्रै सेयर कारोबार गरेका हुन्। दशैँ लागेसँगै लगानीकर्ताले आइतबार कारोबार धेरै गरेनन्।  यो दिन कारोबारमा आएका ३१४ वटा कम्पनीको सेयरमध्ये बढेको बजारमा १७० वटाको मूल्य बढेको छ भने ६९ वटाको मूल्य घटेको छ । १२ वटाको भने आज मूल्यमा कुनै उतारचढाव आएन।

आज बढ्नेमा भने ग्लोबल आइएमई समुन्नत योजना २ को सकारात्मक सर्किट लाग्दा भगवती हाइड्रोको ७.७८ प्रतिशत र युनियन हाइड्रो र नाडेप लघुवित्तको ५ प्रतिशतका दरले मूल्य बढ्न पुग्यो। यता घट्नेमा भने आज सिक्लेस हाइड्रो अगाडि छ।  यो कम्पनीको मूल्यमा १० प्रतिशत गिरावट हुँदा नकारात्मक सर्किट लागेको हो। यो बाहेक नबिल ब्यालेन्स फण्ड २ र कालिका पावर कम्पनीको ५ प्रतिशतले मूल्य घटेको हो।  दशैँ लागेसँगै कारोबार घटाएका लगानीकर्ताले यो दिन सबैभन्दा धेरै युनियन हाइड्रोपावरको कम्पनीको कारोबार धेरै गरेका छन्। लगानीकर्ताले उक्त कम्पनीको कुल २४ करोडको कारोबार गर्दा नेपाल पुनर्बिमा कम्पनीको ११ करोडको कारोबार गरेका हुन्। अब बजार १९ गते आइतबार खुल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
प्रतिनिधि सभा बैठक, रास्वपा र राप्रपाको नाराबाजीबीच गृहमन्त्रीको सम्बोधन
प्रतिनिधि सभा बैठक, रास्वपा र राप्रपाको नाराबाजीबीच गृहमन्त्रीको सम्बोधन
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश
सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
सुधन गुरुङ गृहमन्त्री बन्दै
सुधन गुरुङ गृहमन्त्री बन्दै
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट
संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
गण्डकीको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
गण्डकीको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
एउटै प्लेनमा धनगढी पुगे प्रचण्ड र आरजु
एउटै प्लेनमा धनगढी पुगे प्रचण्ड र आरजु