सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

दसैँअगाडि हरियाली छाउँदै बन्द भयो सेयरबजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
१११ पटक हेरिएको
Shares
दसैँअगाडि हरियाली छाउँदै बन्द भयो सेयरबजार

सारांश

  • दशैँ अगाडिको अन्तिम कारोबार दिन सेयरबजार बढेर बन्द भएको छ।
  • आइतबार नेप्से सूचक ११.
  • ५१ अंकले बढेर बन्द भएको हो।

१२ असोज, काठमाडौं ।

दशैँ अगाडिको अन्तिम कारोबार दिन सेयरबजार बढेर बन्द भएको छ। आइतबार नेप्से सूचक ११.५१ अंकले बढेर बन्द भएको हो। सोमबारबाट दशैँ सुरु हुने हुँदा आइतबार नै दशैँ अघिको अन्तिम कारोबार हो। यो दिन बजार बढ्ने नेप्से सूचक २६६३.५१ अंकमा पुग्दा लगानीकर्ताले २ अर्ब ९३ करोडको मात्रै सेयर कारोबार गरेका हुन्। दशैँ लागेसँगै लगानीकर्ताले आइतबार कारोबार धेरै गरेनन्।  यो दिन कारोबारमा आएका ३१४ वटा कम्पनीको सेयरमध्ये बढेको बजारमा १७० वटाको मूल्य बढेको छ भने ६९ वटाको मूल्य घटेको छ । १२ वटाको भने आज मूल्यमा कुनै उतारचढाव आएन।

आज बढ्नेमा भने ग्लोबल आइएमई समुन्नत योजना २ को सकारात्मक सर्किट लाग्दा भगवती हाइड्रोको ७.७८ प्रतिशत र युनियन हाइड्रो र नाडेप लघुवित्तको ५ प्रतिशतका दरले मूल्य बढ्न पुग्यो। यता घट्नेमा भने आज सिक्लेस हाइड्रो अगाडि छ।  यो कम्पनीको मूल्यमा १० प्रतिशत गिरावट हुँदा नकारात्मक सर्किट लागेको हो। यो बाहेक नबिल ब्यालेन्स फण्ड २ र कालिका पावर कम्पनीको ५ प्रतिशतले मूल्य घटेको हो।  दशैँ लागेसँगै कारोबार घटाएका लगानीकर्ताले यो दिन सबैभन्दा धेरै युनियन हाइड्रोपावरको कम्पनीको कारोबार धेरै गरेका छन्। लगानीकर्ताले उक्त कम्पनीको कुल २४ करोडको कारोबार गर्दा नेपाल पुनर्बिमा कम्पनीको ११ करोडको कारोबार गरेका हुन्। अब बजार १९ गते आइतबार खुल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात
संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात
राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत
राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत
आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायात
आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायात
बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी अस्पताल भर्ना
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी अस्पताल भर्ना
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढ्दा पनि आयल निगमद्वारा मूल्य यथावत
पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढ्दा पनि आयल निगमद्वारा मूल्य यथावत
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने एक व्यक्ति पक्राउ
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने एक व्यक्ति पक्राउ
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै