Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २१, २०८२
|
|
३४ पटक हेरिएको
Shares
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन

सारांश

  • प्रतिनिधिसभाको बैठकमा रहेको अवरोध हटाउन सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ ।
  • संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सत्तापक्ष र विपक्षी आ–आफ्नो अडानमा टसमस नगरेपछि बैठक विना निष्कर्ष सकिएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
  • प्रतिनिधिसभा बैठकअघि सभामुखले दलका सचेतकहरूसँग गरेको छलफलमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति वा न्यायिक छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखे ।

२१ जेठ, काठमाडौँ ।

प्रतिनिधिसभाको बैठकमा रहेको अवरोध हटाउन सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सत्तापक्ष र विपक्षी आ–आफ्नो अडानमा टसमस नगरेपछि बैठक विना निष्कर्ष सकिएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा बैठकअघि सभामुखले दलका सचेतकहरूसँग गरेको छलफलमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति वा न्यायिक छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखे । सत्तापक्ष समिति गठनको लागि तयार भएन । सहमति नभएकाले बैठक अवरोध गर्ने जानकारी विपक्षीहरूले गराएपछि बैठक विना निष्कर्ष सकिएको हो ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनाउनुपर्ने विपक्षी दलहरूको माग सम्बोधन गर्न सत्ता पक्ष तयार नभएकाले अहिलेसम्म प्रतिनिधिसभामा रहेको अवरोध खुल्ने सङ्केत देखिएको छैन । मंगलबार दुई पटक सूचना टाँसेर बस्दै नबसी स्थगित भएको प्रतिनिधिसभा बैठक सभामुख देवराज घिमिरेले आज दिउँसो एक बजेका लागि बोलाएका थिए ।

तर, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेकाले कुनै सहमति बन्न सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनेको घोषणा भए संसद् चल्न दिने बताइरहेका छन् । तर, समिति बनाउन सत्तापक्ष तयार देखिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान सशोधन गर्न पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा आयोग गठन गर्नुपर्छ: कांग्रेस
संविधान सशोधन गर्न पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा आयोग गठन गर्नुपर्छ: कांग्रेस
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]
प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]
पाकिस्तानमा एकैदिन १३ जना मारीए
पाकिस्तानमा एकैदिन १३ जना मारीए
रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द
रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द
बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त
बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
बसुन्धरामा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृ*त्यु
बसुन्धरामा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृ*त्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता