इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ११, २०८२
|
|
२८ पटक हेरिएको
Shares
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी

सारांश

  • सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा बुधबार बिहान आगलागी भएको छ ।
  • इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी भएको हो ।
  • इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।

११ चैत,विराटनगर ।

सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा बुधबार बिहान आगलागी भएको छ । इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । आगलागी कसरी भयो भन्नेबारे भने अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि सुनसरीका धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायत स्थानीय तहका बारुणयन्त्र परिचालन गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो । इटहरी उपमहानगरपालिकाको आफ्नै बारुणयन्त्र भने यसअघि जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएकाले अन्य स्थानीय तहबाट दमकल मगाउनुपरेको थियो । आगलागीबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रसर अनुगमनमा सिडिओ यादवद्वारा पत्रकारलाई भिडियो बनाउन रोक
क्रसर अनुगमनमा सिडिओ यादवद्वारा पत्रकारलाई भिडियो बनाउन रोक
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने
नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित
नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित
मकवानपुरमा भीरबाट लडेर एक महिलाको मृ*त्यु
मकवानपुरमा भीरबाट लडेर एक महिलाको मृ*त्यु
काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा
काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा
धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु
धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो: मुख्यमन्त्री सिंह
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो: मुख्यमन्त्री सिंह
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा