धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १८, २०८०
|
|
४८ पटक हेरिएको
Shares
धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु

सारांश

  • सवारी दुर्घटना बढी हुने प्रदेशको रुपमा परिचित मधेश प्रदेशमा ट्राफिकले दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरुको छ ।
  • दुर्घटना वृद्धिहुँदै गइरहेकोले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी र स्थानिय प्रहरीको संयुक्त रुपमा दुर्घटना न्युनिकरण परामर्श टोली परिचालन गरि चेकिङ्गलाई तिब्र दिएको हो ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले दुर्घटना न्युनिकरणका लागि जनकपुरधामको रामानन्द चोक, मुजेलिया, ढल्केवर, सहिद गेट लगायत ठाउँमा सरप्राईज चेकिङ्ग सुरुवात गरेको छ ।

१८ भदौ धनुषा, मधेश ब्युरो।

सवारी दुर्घटना बढी हुने प्रदेशको रुपमा परिचित मधेश प्रदेशमा ट्राफिकले दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरुको छ । दुर्घटना वृद्धिहुँदै गइरहेकोले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी र स्थानिय प्रहरीको संयुक्त रुपमा दुर्घटना न्युनिकरण परामर्श टोली परिचालन गरि चेकिङ्गलाई तिब्र दिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले दुर्घटना न्युनिकरणका लागि जनकपुरधामको रामानन्द चोक, मुजेलिया, ढल्केवर, सहिद गेट लगायत ठाउँमा सरप्राईज चेकिङ्ग सुरुवात गरेको छ । मधेश प्रदेशको राजधानी छिर्ने सहिद गेट , महेन्द्रनगर र धनुषा जिल्लाको विभिन्न ठाउँमा, दुर्घटना न्युनिकरण परामर्श टोली परिचालन गरेको हो ।

चेकिङ्ग अभियानको सुरुवात गरिएको धनुषा ट्राफिक प्रहरी निरिक्षक तथा प्रमुख शेखर कुमार साहले जानकारी दिए ।
सवारी सधान तिब्र गतीमा हाक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा , सवारीको छत र ढोकामा झुन्डीए मात्रा गरे गराएका कारण सवारी दुर्घटना बढेको ट्राफिक प्रहरी निरिक्षक साहले जनाएको छ ।

साथै चालकले सवारी साधन रोक्दा र अगाडी बढाउदा सवारी संकेत नदिएका कारण दुर्घटना हुने गरेको, त्यस्तै पछाडी सवारी चालकले अगाडिको सवारीसँग सहि दूरी कायम नगरी चलाएको हुनाले , सडकमा जथाभावी पार्किङ गरेका कारण बढी दुर्घटना भएको
त्यस्तै ओभर लोड भएका कारणले, चालकले मोवाइलको प्रयोगका करण सिट वेल्ट नबाधेका लगायतका कारणबाट बढी दुर्घटना हुने गरेको चेकिङ्ग अभियान तिब्ररुपमा सञ्चालनमा ल्याएको ट्राफिक प्रहरी निरीक्षक तथा प्रमुख शेखर कुमार साहले जनकारी दिए ।
त्यसै गरी मधेश प्रदेशको राजधानी जनकपुरधामको भानु चोक र मुरली चोकमा समेत ट्राफिक लाईट जडान भइसकेको अवस्थामा देखिन्छ । ट्राफिक लाईट जसलाई हामी (सिग्नल) भनेर चिन्छौ, समय समयमा जिल्ला ट्राफिक प्रहरी  निरीक्षक तथा प्रमुख शेखर कुमार साह आफै गएर त्यहाँ बस्ने गर्दछन्।” त्यहीका स्थानिय पंकज झा भन्छन् ” जहिलेदेखि याे ट्राफिक प्रहरी निरीक्षक आउँनु भयाे धनुषा जिल्लामा  सबारी दुर्घटना न्यून भएको छ”।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
सजिवनको खेती विस्तार गर्दै चन्द्रनगर गाउँपालिका
सजिवनको खेती विस्तार गर्दै चन्द्रनगर गाउँपालिका
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
भँगेराको सङख्या बर्सेनि घट्दो
भँगेराको सङख्या बर्सेनि घट्दो
वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव, ११ जना घाइते
वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव, ११ जना घाइते
जनकपुरको अतिक्रमित गुठीको जग्गामा चल्न थाल्यो डोजर
जनकपुरको अतिक्रमित गुठीको जग्गामा चल्न थाल्यो डोजर
स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा
स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा
संखुवासभामा भूकम्पको धक्का
संखुवासभामा भूकम्पको धक्का
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति