होङशी शिवम् सिमेन्टले ९ महिनामै गर्‍याे १० अर्ब ३१ करोडको व्यापार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
१९२ पटक हेरिएको
Shares
होङशी शिवम् सिमेन्टले ९ महिनामै गर्‍याे १० अर्ब ३१ करोडको व्यापार

सारांश

  • नेपालकै ठूलो सिमेन्ट उद्योग होङशी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा उत्साहजनक सुधार देखिएको छ ।
  • विगतका केही वर्षहरूमा उतारचढावपूर्ण रहेको कम्पनीको व्यापार पछिल्लो समय सिमेन्टको मूल्यमा भएको सुधारसँगै लयमा फर्किएको हो ।
  • रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार, कम्पनीले आर्थिक वर्ष २०८१÷८२ मा १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

काठमाडौं ।

नेपालकै ठूलो सिमेन्ट उद्योग होङशी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा उत्साहजनक सुधार देखिएको छ । विगतका केही वर्षहरूमा उतारचढावपूर्ण रहेको कम्पनीको व्यापार पछिल्लो समय सिमेन्टको मूल्यमा भएको सुधारसँगै लयमा फर्किएको हो । रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार, कम्पनीले आर्थिक वर्ष २०८१÷८२ मा १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को १० अर्ब ९६ करोड ७० लाख रुपैयाँको तुलनामा करिब २१ प्रतिशतको वृद्धि हो ।

त्यस्तै, आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महिनामा नै कम्पनीले १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ आम्दानी गरिसकेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । कम्पनीको आम्दानी बढ्नुमा मुख्यतया सिमेन्टको बिक्री मूल्यमा भएको वृद्धि र ठूलो उत्पादन क्षमतालाई प्रमुख कारण मानिएको छ । वार्षिक २३ लाख मेट्रिक टन सिमेन्ट र २० लाख मेट्रिक टन क्लिंकर उत्पादन क्षमता भएको यो उद्योगले बजारमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ । विशेषगरी बजारमा सिमेन्टको मागमा देखिएको क्रमिक सुधार र कम्पनीको प्रतिस्पर्धी मूल्य निर्धारण गर्ने क्षमताले आम्दानी बढाउन मद्दत पुर्याएको विश्लेषण गरिएको छ । यद्यपि, कम्पनीको आम्दानीमा ग्राहक एकाग्रता जोखिमभने उच्च देखिएको छ । कम्पनीको कूल क्लिंकर बिक्रीको शतप्रतिशत हिस्सा र सिमेन्ट बिक्रीको ३५ प्रतिशत हिस्सा शीर्ष १० ठूला ग्राहकहरूमा मात्रै निर्भर रहेको छ । यसले गर्दा बजारमा माग घट्दा वा ठूला ग्राहकसँगको सम्बन्धमा फेरबदल आउँदा आम्दानीमा प्रत्यक्ष असर पर्न सक्ने जोखिम रहन्छ ।

विगतका वर्षहरू हेर्दा आर्थिक वर्ष २०७८÷७९ मा १६ अर्ब २० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको व्यापार त्यसपछिका दुई वर्षमा घटेको थियो । तर, पछिल्लो डेढ वर्षमा देखिएको आम्दानीको बढ्दो प्रवृत्तिले उद्योग पुनः पुरानै लयमा फर्कन खोजेको देखिन्छ । इक्रा नेपालका अनुसार, यदि निर्माण सामग्रीको मागमा यसैगरी सुधार भइरहे र सिमेन्टको मूल्य स्थिर रहेमा कम्पनीको सञ्चालन आम्दानी र नाफाको अवस्था अझै सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठक बस्दै, एजेण्डा के के ?
मन्त्रिपरिषद् बैठक बस्दै, एजेण्डा के के ?
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृ*त्यु
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृ*त्यु
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री
लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश
वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश
प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो
इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि
इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि
माधव नेपाल र बाबुराम भट्टराईमाथि कारबाही नभए कडा आन्दोलन थाल्छौं : ज्ञानेन्द्र शाही
माधव नेपाल र बाबुराम भट्टराईमाथि कारबाही नभए कडा आन्दोलन थाल्छौं : ज्ञानेन्द्र शाही
तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव
तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव