अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २४, २०८१
|
|
६९ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तरराष्ट्रिय सङ्गठ@न र आन्दोलनसँग सम्बन्ध विस्तार गर्दै लगेको छ ।
  • पार्टीको सैद्धान्तिक र वैचारिक मान्यताअनुरुप विश्वमा स्थापित विभिन्न राजनीतिक दलका सङ्गठन तथा अन्तरराष्ट्रिय आन्दोलनको सदस्यता प्राप्त गर्ने र आपसी सम्बन्ध बढाउँदै लगिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
  • जसपा नेपालको अन्तरराष्ट्रिय आन्दोलन र सङ्गठनसँगको सम्बन्ध विस्तारबारे पार्टी मातहत समिति तथा पार्टी सदस्यलाई परिपत्रमार्फत जानकारी गराइएको प्रमुख बस्नेतले बताए ।

 

२४ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तरराष्ट्रिय सङ्गठ@न र आन्दोलनसँग सम्बन्ध विस्तार गर्दै लगेको छ । पार्टीको सैद्धान्तिक र वैचारिक मान्यताअनुरुप विश्वमा स्थापित विभिन्न राजनीतिक दलका सङ्गठन तथा अन्तरराष्ट्रिय आन्दोलनको सदस्यता प्राप्त गर्ने र आपसी सम्बन्ध बढाउँदै लगिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपा नेपालको अन्तरराष्ट्रिय आन्दोलन र सङ्गठनसँगको सम्बन्ध विस्तारबारे पार्टी मातहत समिति तथा पार्टी सदस्यलाई परिपत्रमार्फत जानकारी गराइएको प्रमुख बस्नेतले बताए । उनले भने, ‘विश्वमा स्थापित राजनीतिक दलहरुको एसियाली साझा संस्था ‘सोक्डेम एसियाप्यासिफिक’ को फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको ‘स्टेरिङ’ कमिटिको बैठकले जसपा नेपाललाई सदस्यता प्रदान गरेको छ ।’

त्यसैगरी चिलीको राजधानी स्यान्टीयागोमा सम्पन्न ‘प्रोग्रेसिवएलाइन्स’ को ग्लोबल कन्फेरेन्सबाट जसपा नेपालले सर्वसम्मतिबाट सदस्यता प्राप्त गरेको छ । ‘प्रोग्रेसिवएलाइन्स’ श्रमिक, सामाजिक लोकतान्त्रिक र समाजवादी पार्टीहरुको अन्तरराष्ट्रिय सङ्गठन हो । यसले


समानता, स्वतन्त्रता, सामाजिक न्याय र ऐक्यबद्धतालाई विश्वव्यापी अभियानका रुपमा कार्य गरिरहेको छ । उक्त सम्मेलनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीको अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापाको सहभागिता रहेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउनमा बजेट खर्च भन्दा राजस्व सङ्कलन दोब्बर
साउनमा बजेट खर्च भन्दा राजस्व सङ्कलन दोब्बर
ओलीलाई शेखरको प्रश्न : कुलिङ पिरियड नराख्‍ने हठ किन र कस्को लागि ?
ओलीलाई शेखरको प्रश्न : कुलिङ पिरियड नराख्‍ने हठ किन र कस्को लागि ?
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा
भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा
न्युयोर्कमा प्रधानमन्त्री बालेन र अस्ट्रेलियाली समकक्षीबीच भेट, बाढीपछिको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
न्युयोर्कमा प्रधानमन्त्री बालेन र अस्ट्रेलियाली समकक्षीबीच भेट, बाढीपछिको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
चिडियाखानाको जग्गा अतिक्रमणमा
चिडियाखानाको जग्गा अतिक्रमणमा
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
दिनहुँ भूकम्प गइरहेको छ, सुरक्षितपूर्वक बस्नुहोला : प्रधानमन्त्री
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : उपसभापति गुरुङ
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : उपसभापति गुरुङ
आज खिर खाएर साउन १५ मनाइँदै
आज खिर खाएर साउन १५ मनाइँदै