Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १६, २०८०
|
|
३९ पटक हेरिएको
Shares
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन

सारांश

  • नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु भएको छ ।
  • बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिनसम्म चल्ने प्रदेश सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
  • आइतबारसम्म चल्ने सम्मेलनमा सभापति देउवा,वरिष्ठ नेता डा.

१६ मंसीर, बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु भएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिनसम्म चल्ने प्रदेश सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। आइतबारसम्म चल्ने सम्मेलनमा सभापति देउवा,वरिष्ठ नेता डा. शेखर कोइराला,महामन्त्री गगनकुमार थापा,विश्वप्रकाश शर्मा,सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य  लगायतका नेताहरू र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सहित ६ वटै प्रदेशका सभापतिहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। सम्मेलनमा प्रदेशका ७ सय ५० बढी प्रतिनिधिहरूको सहभागिता रहेका छन् ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका  प्रदेश महाधिवेशन प्रतिनिधि,प्रदेश क्षेत्रीय सभापति,क्षेत्रीय सभापति,जिल्ला सभापति,भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, प्रदेश पदाधिकारी, सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको सम्मेलनमा सहभागिता रहेको बताए । उद्घाटन सत्रमा नेताहरूले सम्बोधन गरेपछि बन्द सत्रमा राजनीतिक प्रतिवेदन,साङ्गठनिक प्रतिवेदन,आर्थिक प्रतिवेदन पेस हुनेछ । ती प्रतिवेदन माथि गम्भीर छलफल गरी पार्टीको आगामी कार्य दिशा तय गर्न सुझाव सहितको निचोड निकालिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
बाल संगठनको अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन
बाल संगठनको अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन
नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै
नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन चारवर्षसम्म अधुरै
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन चारवर्षसम्म अधुरै
प्रतिनिधिसभाः मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह
प्रतिनिधिसभाः मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह
नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र