Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् ।
  • शनिबार काठमाडौंमा आयोजित ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने चुनावमा धेरैभन्दा धेरै युवाहरुलाई अवसर दिने, पार्टी कमिटिहरुमा धेरैभन्दा धेरै युवाहरुलाई ल्याउने संकल्प गर्ने अवस्था आएको भन्दै नयाँ पुस्तालाई बढिभन्दा बढि जिम्मेवारी दिने र त्यसमा पूराना पुस्ताका क्रान्तिकारीहरुको जिम्मेवारी रहेको बताए ।
  • उनले भने, ‘अब हाम्रो सपना वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने र आउने चुनावमा धेरैभन्दा धेरै युवाहरुलाई अवसर दिने, पार्टी कमिटिहरुमा धेरैभन्दा धेरै युवाहरुलाई ल्याउने संकल्प गर्ने अवस्था आएको छ ।

६ मंसिर, काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने चुनावमा धेरैभन्दा धेरै युवाहरुलाई अवसर दिने, पार्टी कमिटिहरुमा धेरैभन्दा धेरै युवाहरुलाई ल्याउने संकल्प गर्ने अवस्था आएको भन्दै नयाँ पुस्तालाई बढिभन्दा बढि जिम्मेवारी दिने र त्यसमा पूराना पुस्ताका क्रान्तिकारीहरुको जिम्मेवारी रहेको बताए । उनले भने, ‘अब हाम्रो सपना वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने र आउने चुनावमा धेरैभन्दा धेरै युवाहरुलाई अवसर दिने, पार्टी कमिटिहरुमा धेरैभन्दा धेरै युवाहरुलाई ल्याउने संकल्प गर्ने अवस्था आएको छ । यसबारे हामीले छलफल गरेका छौ । छिटै त्यो निर्णय पनि गर्ने छौ । नयाँ पुस्तालाई बढिभन्दा बढि जिम्मेवारी दिने पुराना पुस्ताका क्रान्तिकारीहरुको जिम्मेवारी हो ।’

यस्तै, उनले युवाहरुलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी दिने संकल्प र सपना देख्नुपर्ने भन्दै अब युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्ने बताए ।उनले भने, ‘एक हजार जेनजी युवाहरुलाई पार्टीमा स्वागत गर्दैगर्दा हामीले देखेको सपना नेपालबाट समान्ति उत्पीडनको अन्त्य गर्ने, वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने र जनताको नेपाल बनाउने सपाना बोकेर गरेका कामहरु स्मरण भएको छ । नयाँ पुस्तालाई देख्दा अब हामीले नयाँ सपना देख्नु पर्छ भन्ने महशुस गरेको छु । अब युवाहरुलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी दिने संकल्प र सपना हामीले देख्नु्पर्छ । युवाहरुलाई नयाँ नेपालको नयाँ नेतृत्वका रुपमा तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ ।’ जेनजी पुस्ताका युवाहरुले भदौ २३ र २४ गते जस्तो नेतृत्व लिएको थियो त्यसले देश र संसारभर रहेका नेपालीहरुलाई झकझकाउने र एउटा नयाँ चेतना तिर अगाडि बढ्न बाध्य बनाउने काम गरेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावा भर्ने क्रममा गाडीको टायर पड्किँदा एक जनाको मृत्यु छ जना घाइ
हावा भर्ने क्रममा गाडीको टायर पड्किँदा एक जनाको मृत्यु छ जना घाइ
कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
मकवानपुरमा खोलाले बगाउँदा एकको मृ*त्यु
मकवानपुरमा खोलाले बगाउँदा एकको मृ*त्यु
पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो
पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित