Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा

सारांश

  • आज बिहान कीर्तिपुर बर्न अस्पताल पुगेर राष्ट्रपति पौडेलले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
  • राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा.
  • रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा  अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।

 

४ फागुन,  काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पोखरामा भएको बेलुन विस्फोटपछिको आगलागीमा घाइते भइ उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान कीर्तिपुर बर्न अस्पताल पुगेर राष्ट्रपति पौडेलले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा  अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए । उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उद्घाटनका क्रममा भएको घटनामा आगलागी हुँदा जलेर घाइते भएपछि काठमाडौं ल्याएर उपचारका लागि बर्न अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?