स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
३५ पटक हेरिएको
Shares
स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण

सारांश

  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक भएको बताएका छन् ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आजदेखि सुरु गरिएको नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियानको आज पोखरास्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँबजारमा शुभारम्भ गर्दै उनले यसरी नै बिरामी बढ्दै गएको अवस्थामा राज्यले जति लगानी गरेपनि प्रतिफल प्राप्त नहुने स्थिति रहेको बताए ।
  • “जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक छ”, उनले भने, “निरोधात्मक क्षेत्रको कामलाई प्रभावकारी बनाउनका लागि अभियान सुरु गरिएको हो ।

१ फागुन, गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक भएको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आजदेखि सुरु गरिएको नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियानको आज पोखरास्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँबजारमा शुभारम्भ गर्दै उनले यसरी नै बिरामी बढ्दै गएको अवस्थामा राज्यले जति लगानी गरेपनि प्रतिफल प्राप्त नहुने स्थिति रहेको बताए ।

“जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक छ”, उनले भने, “निरोधात्मक क्षेत्रको कामलाई प्रभावकारी बनाउनका लागि अभियान सुरु गरिएको हो ।”विशेषतः मधुमेह, उच्च रक्तचाप आदिका कारण धेरै स्वास्थ्य समस्या आउने जनाउँदै उनले ती समस्याको सुरुमा नै पहिचान भएमा अन्य रोग निम्तन नसक्ने बताए ।सुरुमा नै समस्याको पहिचान भएमा त्यसबाट जटिलता ननिम्तने बताउँदै उनले ३० वर्ष माथिका सबै नागरिकको रोगको पहिचान आवश्यक भएको बताए। यस अभियानका लागि तीनवटै तहका सरकारबीच समन्वय आवश्यक हुने बताउँदै उनले फागुन महिनाभर यो अभियान सञ्चालन हुने जानकारी दिए ।

यो अभियान प्रत्येक वर्ष फागुन महिनामा सञ्चालन गरिने उनको भनाइ छ ।अभियानको स्वास्थ्यमन्त्रीबाट नै रक्त परीक्षण एवम् रक्तचाप परीक्षण गरी शुभारम्भ गरिको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमल्सिना, पोखरा महानगरपालिका–८ का वडा अध्यक्ष रुद्रनाथ बराल, तेजाखर लम्साललगायतले अभियानले नसर्ने रोगको पहिचानमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन
कोशीमा उदय परियोजना सुरू, ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य
कोशीमा उदय परियोजना सुरू, ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य
टी-२० विश्वकप : आज दुई खेल हुने
टी-२० विश्वकप : आज दुई खेल हुने
वीरगन्जमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिँदै, सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा
वीरगन्जमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिँदै, सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा
आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या
बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
रविको बयान सकिएन, भोलि फेरि सरकारी वकिल कहाँ लगिने
रविको बयान सकिएन, भोलि फेरि सरकारी वकिल कहाँ लगिने
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न