नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

सारांश

  • नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ ।
  • सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो ।
  • समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

३ वैशाख, काठमाडौं । नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ ।

सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो । समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । समूह ए मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ ।

साउदीले अब मंगलबार कतार र बुधबार नेपालसँग खेल्ने छ । दुवै खेलमा विजयी भएमा साउदी सोझै सेमिफाइनलमा पुग्नेछ । एक खेलमा पराजित भएमा भने अन्य टोलीको नतिजा र नेट रन रेटमा भर पर्नेछ । मलेसिया, कतार र हङकङको समान ३ खेलमा २-२ अंकका साथ क्रमश: तेस्रो, चौथो र पुछारमा छन् । अन्य चार टोलीको नै सेमिफाइनल खेल्ने समीकरण बाँकी छ । समूह बी मा ओमान र यूएईको सुरुवाती २ खेलमा ४–४ अंक छ ।

ओमान नेट रन रेटमा माथि रहँदै शीर्ष स्थानमा छ । ओमान र यूएईबीच आज खेल हुँदैछ । यी दुई टोलीबीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्ने सम्भावना देखिन्छ । प्रतियोगिता विजेताले मात्रै टी २० एसिया कप खेल्नेछ । एसिया कप टी २० विश्वकपपछि हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ
२४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै
समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग
आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर