अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
८१ पटक हेरिएको
Shares
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल

सारांश

  •  काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले मौद्रिक नीति र वित्त नीतिबिचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकका बिचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरबिचको सम्बन्धको विषय केही समयदेखि छलफल र चर्चाको विषय बन्ने गरेको उल्लेख गर्दै यस्तो देख्दा दुःख लाग्ने बताए ।
  • उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका बिचमा, अर्थमन्त्री र गभर्नरका बीचमा कुनै असमझदारीको परिकल्पना राज्य प्रणालीले नगरेको जिकिर गरे ।
  • यी दुई संस्था र पदाधिकारीका बिचमा जीवन्त र घनिष्ठ सम्बन्धको अपेक्षा गरिएको उनले उल्लेख गरे ।

काठमाडौँ, २७ जेठ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त नीति र मौद्रिक नीतिका बीचमा दरारको खोजी गर्नेहरू आउने दिनमा निराश हुने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले मौद्रिक नीति र वित्त नीतिबिचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकका बिचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरबिचको सम्बन्धको विषय केही समयदेखि छलफल र चर्चाको विषय बन्ने गरेको उल्लेख गर्दै यस्तो देख्दा दुःख लाग्ने बताए ।

उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका बिचमा, अर्थमन्त्री र गभर्नरका बीचमा कुनै असमझदारीको परिकल्पना राज्य प्रणालीले नगरेको जिकिर गरे । यी दुई संस्था र पदाधिकारीका बिचमा जीवन्त र घनिष्ठ सम्बन्धको अपेक्षा गरिएको उनले उल्लेख गरे । उचित संयोजन र सन्तुलन कायम हुन सके, पारस्परिक सम्बन्ध हार्दिक हुन सके र एकले अर्काका विषयहरू सुन्ने, बुझ्ने र सघाउने उद्देश्यका साथ अघि बढ्न सके समग्र अर्थतन्त्रलाई अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । यी दुई संस्था र दुई निकायका बीचमा मौद्रिक नीति, वित्त नीतिका बीचमा सही सन्तुलन हुन सकेनन् भने त्यसले अर्थतन्त्रको गतिलाई नकारात्मक प्रभाव पर्ने बताए ।

मौद्रिक नीति र वित्त नीतिमध्ये एउटाले रोक्ने र अर्कोले खोल्ने बाटोबाट हिँड्ने नभई यी दुईका बीचमा सन्तुलन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । आफ्ना सीमाभित्र रहेर समस्या केन्द्रित र समाधान उन्मुख सार्थक प्रयासमा सँगै अगाडि बढ्ने र मुलुकको अर्थतन्त्र गतिशील बनाउन प्रयास गर्ने उनले बताए ।  मौद्रिक सुशासनको बारेमा केही प्रश्नहरू उठ्ने गरेको बताउँदै अर्थमन्त्री पौडेलले सुशासनका प्रश्नमा कतै न कतै चुक्ने गरेको जिकिर गरे । उनले सुशासन प्रभावकारी बनाउन कहाँ ध्यान दिनुपर्छ भन्ने विषयमा बुझेर समस्या समाधान गर्न आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१८ करोड ८६ लाखको लगानीमा सानो गौचरन स्टेडियमको र्निर्माण कार्य सुरु
१८ करोड ८६ लाखको लगानीमा सानो गौचरन स्टेडियमको र्निर्माण कार्य सुरु
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति?
मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति?
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै
प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृ*त्यु
भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृ*त्यु