ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ९, २०८१
|
|
३४ पटक हेरिएको
Shares
ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ

सारांश

  • ललितपुरमा एक किशोरको हत्या भएको छ ।
  • हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
  • सोमबार राति च्यासलस्थित द टाउन क्याफेमा सुनसरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो ।

९ पुस, काठमाडौं ।

ललितपुरमा एक किशोरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोमबार राति च्यासलस्थित द टाउन क्याफेमा सुनसरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो । चक्कु प्रहारबाट उनको हत्या भएको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले बताए ।  हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेहरूमा उक्त रेस्टुरेन्टमै काम गर्ने २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्ट छन् । उनीहरू मध्ये हेमराज भट्टले चक्कु प्रहार गरेको जनाइएको छ । बाँकी दुई जनालाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी पौडेलले बताए । बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
सुनसरी घटना : रवि लामिछानेको आह्वानमा बस्दै सर्वदलीय बैठक
सुनसरी घटना : रवि लामिछानेको आह्वानमा बस्दै सर्वदलीय बैठक
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित
प्रहरी परिसरमै किन आत्म*दाहमा उत्रिए नथुनी मुखिया?
प्रहरी परिसरमै किन आत्म*दाहमा उत्रिए नथुनी मुखिया?
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
सरकारले एकदिनमै गर्‍यो १७ अर्ब बढी भुक्तानी
सरकारले एकदिनमै गर्‍यो १७ अर्ब बढी भुक्तानी
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’