एमडिएमएस पुनकार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ३१, २०८०
|
|
३४ पटक हेरिएको
Shares
एमडिएमएस पुनकार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य

सारांश

  • यही जेठ १ गते देखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम – एमडिएमएस पुनकार्यान्वयन हुने जानकारी नेपाल दुरसञ्चार प्राधिकरणले एक सुचना प्रकाशित गरी जनाएको छ ।
  • नेपाल दुरसञ्चार प्राधिकरणले सुचना जारी गरी नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागको २०८० बैशाख २९ गतेको प्रकाशित सूचना “यात्रुले आफ्नो साथमा महशुल सुविधामा ल्याउन पाउने मोबाइल फोन सम्बन्धी” अनुसार  नेपालमा प्रयोग हुने मोबाइल सेटलाई अनिवार्य दर्ता गरी व्यवस्थित गर्न २०८० जेठ १ सोमबारबाट एमडिएमएस प्रणाली लागु गरिने जानकारी गराएको हो ।
  • अब विदेशबाट आउँदा एक यात्रीले  २ ओटा  मोबाईल सम्म ल्याउन पाईने व्यवस्था गरेको छ ।

काठमाडौं । यही जेठ १ गते देखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम – एमडिएमएस पुनकार्यान्वयन हुने जानकारी नेपाल दुरसञ्चार प्राधिकरणले एक सुचना प्रकाशित गरी जनाएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले सुचना जारी गरी नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागको २०८० बैशाख २९ गतेको प्रकाशित सूचना “यात्रुले आफ्नो साथमा महशुल सुविधामा ल्याउन पाउने मोबाइल फोन सम्बन्धी” अनुसार  नेपालमा प्रयोग हुने मोबाइल सेटलाई अनिवार्य दर्ता गरी व्यवस्थित गर्न २०८० जेठ १ सोमबारबाट एमडिएमएस प्रणाली लागु गरिने जानकारी गराएको हो । अब विदेशबाट आउँदा एक यात्रीले  २ ओटा  मोबाईल सम्म ल्याउन पाईने व्यवस्था गरेको छ ।  एमडिएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा

https://press4k.com/

नेपाल दुरसञ्चार प्राधिकरणले नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंमले एमडिएमएसमा दर्ता गर्न सक्ने जानकारी दिएको छ साथै व्यक्तिगत प्रायोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरु एमडिएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।

खरीद गरिएको नयाँ मोबाईल फोन दर्ता भए नभएको एकिन गर्न mdms.nta.gov.np  प्रणालीमा हेर्न सक्नुहुनेछ । निजी प्रायोजनको लागि ल्याईएको मोबाईल फोनहरु व्यक्ति स्वयंमले राहदानी वा नागरिकता र आगमन/वहिग्रमन छाप देखिने राहदानीको पृष्ठ वा बोडिङ्ग पास कागजातहरु एमडिएमएस प्रणालीमा प्रविष्ट गरी दर्ता गर्ने व्यवस्था गरिएको छ । एमडिएमएस प्रणाली अनधिकृत ढंगबाट हुने मोबाइल बिक्री वितरण रोक्न र राजस्व दायरामा ल्याउन अघि सारिएको परियोजना हो ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भन्ने उद्धेश्य राखेर मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजे पनि गैरकानूनी मार्गबाट भन्सार छलीका फोनहरु लाखौँको सङ्ख्यामा भित्रिदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुका साथै सरकारले अरवौँ राजश्वसमेत गुमाउनु परेको र गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने र अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट रोक्न एमडिएमएस कार्यान्वयन गर्न लागिएको हो ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ
स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन
संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन
सरकारले खोल्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, योगदान गर्न सबैलाई आह्वान
सरकारले खोल्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, योगदान गर्न सबैलाई आह्वान
चितवनमा रास्वपाकाे हामी आयौं परिर्वतन उद्घोष सभा
चितवनमा रास्वपाकाे हामी आयौं परिर्वतन उद्घोष सभा
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
फाइनल खेलमा एपीएफसामु जितका लागि ६८ रनको लक्ष्य
फाइनल खेलमा एपीएफसामु जितका लागि ६८ रनको लक्ष्य
बेपत्ता पुरुषको शव सशस्त्रको गोताखोरले ७० फिट गहिराईबाट निकाल्यो
बेपत्ता पुरुषको शव सशस्त्रको गोताखोरले ७० फिट गहिराईबाट निकाल्यो
कांग्रेसले बोलायो संसदीय दलको बैठक
कांग्रेसले बोलायो संसदीय दलको बैठक
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा