पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार होः अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
३१ पटक हेरिएको
Shares
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार होः अर्थमन्त्री पौडेल

सारांश

  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ ।
  • शनिवार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले समृद्धिका निम्ति धेरै कुराहरु रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुभयो ।

२१ असार, काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ । शनिवार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समृद्धिका निम्ति धेरै कुराहरु रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा पर्यटनको अनगिन्ति सम्भावना रहेको बताउनु भयो । पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्न जरुरी रहेको बताउँदै देशभित्रको लगानी र बाहिरको लगानी आकर्षित गर्न सरकारले काम गरिरहेको बताउनु भयो । पर्यटन पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनु भयो ।  उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘समृद्धिका निम्ति हामीसँग अरु विभिन्न कुराहरु छन् । त्यसमध्येको एउटा शक्तिशाली विकल्प पर्यटन हो । यसको अनगिन्ति सम्भावना छ ।

हामीले क्रमशः यो क्षेत्रमा लगानी प्रवद्र्धन गर्नुपर्छ । हाम्रो देशभित्रको लगानी, विदेशको लगानी, राज्यको लगानी मात्रैले पुग्दैन । राज्यको लगानी यो पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य हो भनेर सन्देश दिने,स्वदेश र विदेशका निजी क्षेत्रलाई जाउँ लगानी गर्न नेपालमा भनेर आकर्षित गर्ने कामका लागि राज्यले काम गर्छ । पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक पर्दछ । त्यही हिसावले बजेट निर्माण गर्दा पनि त्यसलाई हेक्का राखेका छौँ ।’ उपप्रधानमन्त्री पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिँदै विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै
पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै
गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग
गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग
सर्वोच्चले माग्यो बेचन झा मुद्दाका कागजात
सर्वोच्चले माग्यो बेचन झा मुद्दाका कागजात
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छौं- नेपाली सेना
संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छौं- नेपाली सेना
बाजुरामा सडेगलेको अवस्था एक महिलाको श*व फेला
बाजुरामा सडेगलेको अवस्था एक महिलाको श*व फेला
२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !