विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
१७ पटक हेरिएको
Shares
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने

सारांश

  • यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर खटिएका म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने भएको छ ।
  • नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्ले ले नेपाल न्यूज बैंकसँगको कुराकानीमा म्यादी प्रहरीलाई विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर औपचारिक रूपमा बिदाइ गर्न लागिएको जानकारी दिए ।
  • उनका अनुसार नेपाल प्रहरीको कार्यविधि अनुसार म्यादी प्रहरीलाई भेला गराई मौखिक रूपमा धन्यवाद दिइनेछ ।

२७ फागुन,काठमाडौं ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर खटिएका म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने भएको छ । नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्ले ले नेपाल न्यूज बैंकसँगको कुराकानीमा म्यादी प्रहरीलाई विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर औपचारिक रूपमा बिदाइ गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरीको कार्यविधि अनुसार म्यादी प्रहरीलाई भेला गराई मौखिक रूपमा धन्यवाद दिइनेछ । ‘हामी भोलि उहाँहरूलाई विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर बिदाइ गर्छौं । कार्यविधिअनुसार सबैलाई भेला गरेर मौखिक रूपमा पनि धन्यवाद दिने व्यवस्था गरिएको छ,’ उनले भने ।
प्रवक्ता काफ्लेका अनुसार सम्भव भएसम्म कार्यक्रम आयोजना गरी विभिन्न स्थानका कार्यालय प्रमुखहरूको उपस्थितिमा सामूहिक फोटो खिच्ने तथा चियापान कार्यक्रमसमेत गरिनेछ ।उनले म्यादी प्रहरीहरूको कार्यसम्पादन प्रभावकारी रहेको उल्लेख गर्दै उनीहरूको सहयोग, अनुशासन र कर्तव्यनिष्ठाका कारण निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्भव भएको बताए ।

‘उहाँहरूको सहयोग, साथ र समर्थनले नै अनुशासन कायम राख्दै कुनै ठूलो घटना बिना चुनावलाई शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न सफल भयौँ,’ काफ्लेले भने । उनले निर्वाचन सफल बनाउन नेपाल प्रहरी का सदस्यहरू, अन्य सुरक्षा निकाय, निर्वाचनमा खटिएका कर्मचारी तथा नेपाल सरकार का विभिन्न निकायहरूको पनि महत्वपूर्ण भूमिका रहेको बताए । नेपाल प्रहरीका अनुसार देशभर सम्पन्न निर्वाचनका क्रममा १ लाख ३३ हजार ९ सय ३८ जना म्यादी प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात हुने
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात हुने
हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को: दुर्गा प्रसाईँ
हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को: दुर्गा प्रसाईँ
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
हतकडी खालेर रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
हतकडी खालेर रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
अर्थमन्त्री खनालले गरे पदभार ग्रहण
अर्थमन्त्री खनालले गरे पदभार ग्रहण
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पेट्रोल र डिजेलको मूल्य बढ्यो
दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई ५ वर्षको जेल सजाय
दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई ५ वर्षको जेल सजाय
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान