Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै इरानी टिम सेमिफाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
४७ पटक हेरिएको
Shares
लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै इरानी टिम सेमिफाइनलमा

सारांश

  •   गण्डकी प्रदेशलाई हराउँदै इरानी टिम पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३-१ को सेटले पराजित गर्दै इरानी टिम सेमिफाइनल प्रवेश गरेको हो ।
  • पहिलो सेट १४-२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पुनरागमन गर्दै २५-१७ को जित निकालेको थियो ।

 

१९ वैशाख, काठमाडौं । 

गण्डकी प्रदेशलाई हराउँदै इरानी टिम पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३-१ को सेटले पराजित गर्दै इरानी टिम सेमिफाइनल प्रवेश गरेको हो । पहिलो सेट १४-२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पुनरागमन गर्दै २५-१७ को जित निकालेको थियो । तर, तेस्रो र चौथो सेटमा लय गुमाउन पुग्दा गण्डकीले हार ब्यहोर्न पुग्यो । इरानी टिमले तेस्रो सेट २५-१८ र चौथो सेट २७-२५ ले आफ्नो पक्षमा पा¥यो ।

इरानी टिमले यसअघि सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३-१ को सेटले पराजित गरेको थियो । समूह ‘ए’ अन्तर्गत अन्तिम खेल गण्डकी प्रदेश र एपिएफबीच हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँ पाउनेछ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन
लागू औषधसहित महिला पक्राउ
लागू औषधसहित महिला पक्राउ
यू-१९ महिला विश्‍वकप : स्कटल्यान्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै
यू-१९ महिला विश्‍वकप : स्कटल्यान्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै
एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुन
एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुन
रौतहटबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते
रौतहटबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते
प्रधानमन्त्रीसँग छलफल गरेर सिंहदरबार फर्किए गृहमन्त्री
प्रधानमन्त्रीसँग छलफल गरेर सिंहदरबार फर्किए गृहमन्त्री
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम
स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम