भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
३१ पटक हेरिएको
Shares
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
  •   आइतबार झापामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले सो माग सम्बोधन नभएसम्म संसद् अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जानसक्ने चेतावनी समेत दिए ।
  • आफूहरूले सदन अवरुद्ध गरेपनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरिएको बताउँदै सभामुख देवराज घिमिरेको भूमिकाप्रति पनि उनले असन्तुष्टि जनाए ।

१५ भदौ, काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।  आइतबार झापामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले सो माग सम्बोधन नभएसम्म संसद् अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जानसक्ने चेतावनी समेत दिए ।

आफूहरूले सदन अवरुद्ध गरेपनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरिएको बताउँदै सभामुख देवराज घिमिरेको भूमिकाप्रति पनि उनले असन्तुष्टि जनाए ।  आफूहरूको मागलाई सरकारले पनि उपेक्षा गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । अध्यक्ष लिङ्देनले सो प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहजता प्रदान गर्नुपर्ने पनि बताए ।  उनले भने,’भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौँ ।

उहाँले राजीनामा दिएर सहयोग गर्नुहुन्न भने पनि छानबिन आयोग त गठन हुनुपर्‍यो नि त । भोली दोषी ठहरियो भने त उहाँ कारबाहीमा परिहाल्नु हुन्छ । राजीनामा पनि दिई हाल्नु हुन्छ भनेर भन्दा पनि सुन्दा पनि नसुनेर जुन ढङ्गले संसद्लाई सभामुखले अगाडि बढाइराख्नुभएको छ । सरकारले पनि जुन ढङ्गले उपेक्षा गरिराखेको छ ।

मलाई लाग्छ–त्यो नेपाली जनताले हेरिराखेको छ । र, आगामी दिनमा नेपाली जनताले यसको मूल्याङ्कन गर्ने नै छ । हामी कम्तीमा पनि यो सेसनमा हामी यसरी नै निरन्तर विरोधमा रहन्छौँ । र, आवश्यक पर्‍यो भने दुई वटा पार्टी सडकमा आउनसक्ने अवस्था पनि हुन्छ ।’ उनले फरक प्रसङ्गमा आफूले पार्टीमा नयाँ साथीहरूलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चिएर अघि बढ्न तयार रहेको पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
लम्जुङमा प्रचण्डको मोर्निङ वक: सहिद परिवार भेट र विद्यालय अवलोकन
लम्जुङमा प्रचण्डको मोर्निङ वक: सहिद परिवार भेट र विद्यालय अवलोकन
सुनसरीमा दुई समूहबीच झडप, ६ राउण्ड हवाई फायर
सुनसरीमा दुई समूहबीच झडप, ६ राउण्ड हवाई फायर
लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम
लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम
जनकपुरधाममा जसपा नेपालको जनप्रदर्शन
जनकपुरधाममा जसपा नेपालको जनप्रदर्शन
केबलकारविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ प्रदर्शनकारी रिहा
केबलकारविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ प्रदर्शनकारी रिहा
भूमि विधेयकमाथिको छलफल स्थगित
भूमि विधेयकमाथिको छलफल स्थगित
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य