Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
७४ पटक हेरिएको
Shares
सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ

सारांश

  • बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ ।
  • इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् ।

४ मंसिर, बारा।

बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।

सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा जेन–जी समूहका ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए । घाइते उपाध्यायले वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहित केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा नियोजित आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले दुवै वडाध्यक्षलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार नियन्त्रणमा लिइएका दुई जनालाई प्रारम्भिक बयानको कार्य अघि बढाइएको छ ।

घटनामा संलग्न अन्य सबैलाई पक्राउ गरी कार्वाहीको माग गर्दै बिहिबार बिहान देखि सिमराका युवाहरु सडकमा उत्रिएका छन।सिमरा बजार क्षेत्र अहिले  पुनः तनावग्रस्त बनेको छ । जेन–जी युवाहरूले सिमरा–पथलैया सडक खण्डमा टायर बालेर यातायात अवरुद्ध पारेका छन् । सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन् भने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन् । सिमरामा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए
महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए
रोल्पामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
रोल्पामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
प्रधानमन्त्री शाह र न्युजिल्यान्डका समकक्षी लक्सनबिच टेलिफोन वार्ता
प्रधानमन्त्री शाह र न्युजिल्यान्डका समकक्षी लक्सनबिच टेलिफोन वार्ता
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?
माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
जबरजस्ती करणी गरेको अभियोयामा एक जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोयामा एक जना पक्राउ
जनकपुरमा हर्षोल्लासका साथ रामनवमी महोत्सव मनाइँदै
जनकपुरमा हर्षोल्लासका साथ रामनवमी महोत्सव मनाइँदै
विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन
विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन
गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ
गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ