Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
४८ पटक हेरिएको
Shares
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो

सारांश

  •   नेपाली कांग्रेसका नेता डा.
  • चन्द्र भण्डारीले पार्टी संगठन, सरकार सञ्चालन र भावी रणनीतिमा गम्भीर कमजोरी रहेको औंल्याउँदै अब व्यापक आत्ममूल्यांकनको आवश्यकता भएको बताएका छन् ।
  • आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै भण्डारीले दुई ठूला दलको सहकार्यमा बनेको सरकारमा कांग्रेस सहभागी हुँदासमेत जनअपेक्षा अनुसारको काम हुन नसकेको बताए ।

२२ असार, काठमाडौैं । 

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी संगठन, सरकार सञ्चालन र भावी रणनीतिमा गम्भीर कमजोरी रहेको औंल्याउँदै अब व्यापक आत्ममूल्यांकनको आवश्यकता भएको बताएका छन् । आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै भण्डारीले दुई ठूला दलको सहकार्यमा बनेको सरकारमा कांग्रेस सहभागी हुँदासमेत जनअपेक्षा अनुसारको काम हुन नसकेको बताए । उनले पार्टी नेतृत्वप्रति कटाक्ष गर्दै भने, ‘हाम्रा नेताहरू पद त लिन्छन्, तर काम गर्दैनन् ।  सरकार अहिले गोठालाले घाँस नकाट्दा भैँसी भोकै परे जस्तो अवस्थामा छ ।’

आगामी २०८४ को निर्वाचनलाई लक्षित गर्दै उनले गठबन्धनको सट्टा कांग्रेसले अब एकल प्रतिस्पर्धाको रणनीति बनाउनु पर्ने धारणा राखे । ‘गठबन्धनले कांग्रेसलाई घाटा भयो, अब हामी आफ्नै बलमा जित्नेगरी अघि बढ्नुपर्छ,’ उनले स्पष्ट पारे । भण्डारीले नेतृत्व हस्तान्तरणको बेला आएको उल्लेख गर्दै नयाँ पुस्ताले अब पार्टीको बागडोर सम्हाल्नुपर्ने बताए । ‘अघिल्लो पुस्ता बिदा हुँदैछ, अब पछाडिको पुस्ताले कांग्रेस हाँक्नुपर्छ,’ उनले भने । पार्टीभित्रका विवाद, कमजोरी र रणनीतिक अस्पष्टता बारे खुलेर समीक्षा गर्नुपर्नेमा पनि उनले जोड दिए । ‘झगडा त सबै दलमा हुन्छ, तर हामीले आफ्ना भित्री र बाहिरी गल्तीहरू पहिचान गरेर सुधार गर्न सक्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
छुट्टा छुटै सवारी दुर्घटनामा ४ जनाको मृ*त्यु, १२ घाईते
छुट्टा छुटै सवारी दुर्घटनामा ४ जनाको मृ*त्यु, १२ घाईते
टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट वनविरुद्ध भ्रष्टाचार मुद्दा
टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट वनविरुद्ध भ्रष्टाचार मुद्दा
भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी
३ कात्तिकदेखि मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको श*व फेला
३ कात्तिकदेखि मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको श*व फेला
सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका 
सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका 
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको, कसको कति ?
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको, कसको कति ?