विपद्‌मा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
३१ पटक हेरिएको
Shares
विपद्‌मा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

सारांश

  • कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत रु तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ ।
  • प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट मृत्यु भएका परिवारका एक सय ७१ जना हकवालालाई उक्त रकम भुक्तानी गरेको हो ।
  • विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई रु दुई लाखका दरले रु तीन करोड रकम बीमामार्फत भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।

२३ साउन ,भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत रु तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट मृत्यु भएका परिवारका एक सय ७१ जना हकवालालाई उक्त रकम भुक्तानी गरेको हो । विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई रु दुई लाखका दरले रु तीन करोड रकम बीमामार्फत भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकृत कमल सापकोटाले जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए ।

यसैगरी, भूकम्पबाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाको परिवारलाई रु ४० लाख रकम बीमामार्फत भुक्तानी गरिएको उनको भनाइ छ । कर्णालीका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।“अहिलेसम्म जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ जनामध्ये तीनजनाको प्रक्रियामा छ, बाँकी सबैको बीमामार्फत रकम भुक्तानी भइसकेको छ”, उनले भने, “अन्य विपद्मा परी मृत्यु भएका प्रदेशका २० जनाको पनि रकम भुक्तानी भइसकेको छ, भुक्तानी हुन बाँकी रहेका परिवारलाई पनि चाँडै रकम दिन्छौँ ।”

राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशले केहीको कागज नपुगेका कारण भुक्तानी हुन नसकेको जनाएको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विपद्बाट जाजरकोटमा सबैभन्दा बढी एक सय ५१ जनाको भुकम्पमा परि मृत्यु भएको छ । अन्य २० जनाको बाढीपहिरो लगायतका घटनामा परेर मृत्यु भएको हो । प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्बाट मृत्यु भएका परिवारका लागि रु दुई लाख र आवास बिमाअन्तर्गत रु पाँच लाख उपलब्ध गराउने उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द
सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला
सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला
सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट
सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै