प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी

सारांश

  • संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
  • बैठक दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको छ ।
  • प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

२५ जेठ, काठमाडौं ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको छ । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरूले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको हो । संसद अवरोध खुलाउने प्रयासमा दलहरुबीच छलफल भइरहे पनि निकास निस्किएको छैन ।

यदि आज अवरोध खुल्न सके उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी।
७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी।
मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रीपरिषद्को निर्णय
भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रीपरिषद्को निर्णय
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने
दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा
दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता