मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित
सारांश
- मधेश सरकारको बजेट सर्वसम्मतले पारित भएको छ ।
- बुधबार बसेको मधेश प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो ।
- मधेश सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत १ असारमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएका थिए ।
३१ असार, जनकपुरधाम ।
मधेश सरकारको बजेट सर्वसम्मतले पारित भएको छ । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो । मधेश सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत १ असारमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएका थिए ।

प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दलले बजेटमा त्रुटि देखिएकाले संशोधन वा कार्यदल गठन हुनुपर्ने माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध पार्दै आएका थिए । गत २८ असारमा मधेश प्रदेश सभाले बजेट विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले मंगलबार १० बुँदे प्रतिवेदन सभामा पेश गरेको थियो । उक्त बुँदा समेत बजेटको अंग बनेको छ ।


प्रतिक्रिया