दुई महिनामा प्राकृतिक विपद्‌‌बाट १६८ जनाको मृत्यु, ५० बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
दुई महिनामा प्राकृतिक विपद्‌‌बाट १६८ जनाको मृत्यु, ५० बेपत्ता

सारांश

  • नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्‌मा परी १६८ जनाको मृत्यु भएको छ ।
  • गृह मन्त्रालयका अनुसार बिहीबारसम्म २०१ जना घाइते भएका छन् ।
  • यो अवधिमा ५० जना बेपत्ता भएका छन् ।

२४ साउन, काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्‌मा परी १६८ जनाको मृत्यु भएको छ ।गृह मन्त्रालयका अनुसार बिहीबारसम्म २०१ जना घाइते भएका छन् । यो अवधिमा ५० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।बाढीको कारण बिहीबारसम्म ३८४ घर डुबानमा परेका छन् । २६९ वटा घर, १०२ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ ।४ हजार २९२ घरपरिवार विस्थापित भएका छन् । यो अवधिमा प्राकृतिक विपद्‌मा परी ७६४ पशु चौपायको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?