इंग्ल्यान्डका जेसन रोयले पोखराबाट एनपीएल खेल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २९, २०८२
|
|
४६ पटक हेरिएको
Shares
इंग्ल्यान्डका जेसन रोयले पोखराबाट एनपीएल खेल्ने

सारांश

  • इंग्ल्यान्डका ब्याटर जेसन रोयले पोखरा एभेन्जर्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।
  • पोखराले शनिबार सामाजिक सञ्जालमार्फत रोयलाई अनुबन्ध गरेको जनाएको हो ।
  • ३५ वर्षीय रोय दाँयाहाते ओपनिङ ब्याटर हुन् ।

२८ कात्तिक, काठमाडौं ।

इंग्ल्यान्डका ब्याटर जेसन रोयले पोखरा एभेन्जर्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।पोखराले शनिबार सामाजिक सञ्जालमार्फत रोयलाई अनुबन्ध गरेको जनाएको हो । ३५ वर्षीय रोय दाँयाहाते ओपनिङ ब्याटर हुन् । रोयले इंग्ल्यान्डका लागि ६४ टी-२०आई खेल्दा १५२२ रन बनाएका छन् । समग्र टी२० मा रोयले ४१२ खेल खेल्दा १० हजार भन्दा बढी रन बनाएका छन् ।

उनले इंग्ल्यान्डको भाइटालिटी ब्लास्टसँगै भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल लगायत विश्वका अधिकांश फ्रेन्चाइज लिगमा खेलेका छन् । सबैभन्दा सफल  भने भाइटालिटी ब्लास्टमा छन् जहाँ १४६ खेल खेल्दा ४१९८ रन बनाएका छन् । पोखराले यसअघि न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमलाई अनुबन्ध गर्दा गत संस्करणका बार्बडियन अलराउन्डर रेमन रेइफरलाई यसपटक पनि निरन्तरता दिएको छ ।

त्यस्तै इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेटलाई अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो । यस्तै पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो । एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद्‍बाट तीन महिनामा ९३ जनाको मृ*त्यु, २२ बेपत्ता
विपद्‍बाट तीन महिनामा ९३ जनाको मृ*त्यु, २२ बेपत्ता
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
१४ अंकले घट्यो नेप्से, ८ अर्ब ९१ करोडको कारोबार
१४ अंकले घट्यो नेप्से, ८ अर्ब ९१ करोडको कारोबार
प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल
प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल
चौथो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु
चौथो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर
स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जित्यो
स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जित्यो
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त