सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कुलमानको एक्सन: अनियमिततामा मुछिएका इटहरीका सवारी परीक्षण प्रमुख र लेखापाल मन्त्रालय तानिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
४१ पटक हेरिएको
Shares
कुलमानको एक्सन: अनियमिततामा मुछिएका इटहरीका सवारी परीक्षण प्रमुख र लेखापाल मन्त्रालय तानिए

सारांश

  •   अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन्।
  • सेवाग्राहीसँग घुस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ।
  • कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजस्वसमेत हिनामिना भएको आशंका गरिएको छ।

१३ असोज, काठमाडौं । 

अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन्। सेवाग्राहीसँग घुस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ। कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजस्वसमेत हिनामिना भएको आशंका गरिएको छ। कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षणलगायतका कार्य हुन्छन्।

कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमिता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो। त्यसपछि मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मबारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए। मन्त्री घिसिङले उक्त कार्यालयमा भइरहेको अनियमितता र त्यसमा संलग्न कार्यालय प्रमुख, लेखापाल एवम् अन्य कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छन्। छानबिन समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ। समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन-अनुसन्धान गर्ने, कारबाहीका लागि सिफारिस गर्नेलगायतका कार्यादेश दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानको नयाँ प्रस्ताव अस्वीकार गर्ने ट्रम्पको संकेत
इरानको नयाँ प्रस्ताव अस्वीकार गर्ने ट्रम्पको संकेत
दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ
दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ
देशको विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्णः अर्थमन्त्री पौडेल
देशको विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्णः अर्थमन्त्री पौडेल
क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी
क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
घाटा लागेको भन्दै सुर्खेतमा तारा एअरले बन्द गर्‍यो उडान
घाटा लागेको भन्दै सुर्खेतमा तारा एअरले बन्द गर्‍यो उडान
रुखले च्यापिएर एकको मृत्यु, दुई घाइते
रुखले च्यापिएर एकको मृत्यु, दुई घाइते
एकै पटक ६३ सहायक न्यायाधिवक्ताको काज सरुवा, यस्तो छ सूची
एकै पटक ६३ सहायक न्यायाधिवक्ताको काज सरुवा, यस्तो छ सूची
सरकारबाट हुने गलत निर्णय रोक्न रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण
सरकारबाट हुने गलत निर्णय रोक्न रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण