Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १०, २०८१
|
|
३७ पटक हेरिएको
Shares
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन

सारांश

  • खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानका कर्मचारीहरूलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
  • आइतबार मन्त्रालयमा ‘कर्मचारी सेवा शर्त विनियमावली –२०८१’ सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
  •  लामो समयदेखि रोकिएर बसेको कर्मचारी सेवा शर्त विनियमावली कर्मचारी हकहितका लागि लागू भएको मन्त्री यादवको भनाइ थियो ।

१० चैत, काठमाडौं ।

खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानका कर्मचारीहरूलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा ‘कर्मचारी सेवा शर्त विनियमावली –२०८१’ सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । लामो समयदेखि रोकिएर बसेको कर्मचारी सेवा शर्त विनियमावली कर्मचारी हकहितका लागि लागू भएको मन्त्री यादवको भनाइ थियो ।

‘मैले तपाईहरुको हकहितका लागि कर्मचारी सेवा शर्त विनियमावली २०८१ लागू गरेका छु । र यसलाई तपाईंहरूले कार्यान्यवन गरेर अगाडि बढ्नुस् । नेपाल सरकारको नियम कानून ऐनबारे हामीहरू अवगत नै छौँ,’ मन्त्री यादवले भने, ‘करारको हकमा के भनेको छ ? स्थानीयको हकमा के बोलेको छ ? करारको हकमा के बोलेको छ तपाईंलाई अवगत नै छ ।’

विनियमावली नेपाल सरकारको नियम र कानूनमा रहेर कार्यान्वयनमा ल्याइएको बताउँदै उनले कर्मचारी हकतिका लागि विनियमावलीमा संशोधनको आवश्यकता देखिए थप्नुपर्ने सेवा सुविधाका बारेमा जानकारी दिन आग्रह गरे । नियम कानूनअनुसार कर्मचारीहरूको हकहितका लागि विनियमावलीमा संशोधन वा थप्नुपर्ने कुरा भए आफू तयार रहेको मन्त्री यादवको भनाइ छ ।

‘तपाईंहरूलाई लाग्छ कि करार कर्मचारीको हकहितमा कुनै कमजोरी छ कि भनेर पढौँ र फेरि बसौँ । मन्त्री र सचिवको ध्यानाकर्षण गरौँ कि कानुनमा कति थप्न सकिन्छ । कानुनविपरित त न म जानसक्छु न तपाईंहरू । कानूनसम्मत हुने कुरामा म तपाईंको साथमा छु,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
प्रि-ओपन सेसनमा नेप्से ३.२९ अंकले बढ्यो
प्रध्यानाध्यापकको नमुना बिधालय बनाउने सपना रहयो अधुरो 
प्रध्यानाध्यापकको नमुना बिधालय बनाउने सपना रहयो अधुरो 
पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री वाग्ले भारत प्रस्थान
पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री वाग्ले भारत प्रस्थान
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन
विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु,  ११ जना घाइते
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते