विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
७९ पटक हेरिएको
Shares
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै

सारांश

  • विभिन्न सात राजनीतिक दलले विदेशी हस्तक्षेप र साम्राज्यवाद विरुद्ध संयुक्त आन्दोलनमा आउन अपिल गरेका छन् ।
  • सन् १८१६ मा भएको सुगौली सन्धि हुँदै एमसीसी सम्झौतासम्म आइपुग्दा नेपालका शासकहरूको प्रत्यक्ष र परोक्ष सहभागिता रहेको भन्दै उनीहरूले विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका हुन् ।
  • यस्तै भदौ ३ गते नेपाललाई कुनै जानकारी नदिई भारत र चीनले लिपुलेक मार्गबाट हुने सीमा पार व्यापार सम्झौता खारेज गर्न माग गरेको छ ।

१३ भदौ, काठमाडौँ ।

विभिन्न सात राजनीतिक दलले विदेशी हस्तक्षेप र साम्राज्यवाद विरुद्ध संयुक्त आन्दोलनमा आउन अपिल गरेका छन् । सन् १८१६ मा भएको सुगौली सन्धि हुँदै एमसीसी सम्झौतासम्म आइपुग्दा नेपालका शासकहरूको प्रत्यक्ष र परोक्ष सहभागिता रहेको भन्दै उनीहरूले विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका हुन् । यस्तै भदौ ३ गते नेपाललाई कुनै जानकारी नदिई भारत र चीनले लिपुलेक मार्गबाट हुने सीमा पार व्यापार सम्झौता खारेज गर्न माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी, समाजवादी कम्युनिस्ट पार्टी नेपाल, श्रमिक जनता पार्टी, नेपाल, ग्रेटर नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी), नेकपा (विद्रोही), नयाँ जनवादी मोर्चा नेपालले शुक्रबार संयुक्त विरोध कार्यक्रम गर्दैछ । सन् १८१६ को सुगौली सन्धि, सन् १९५० को असमान सन्धि, कोशी–गण्डक सम्झौता, टनकपुर सम्झौता, महाकाली सन्धि, विप्पा सम्झौता, एमसीसी सम्झौता आदिमा नेपालका शासक प्रत्यक्ष–परोक्ष रूपमा त्यसमा सहभागी छन् ।

यसै सिलसिलामा भारत (इन्डिया) र चीन सरकारबिच यही भदौ ३ गते कालापानी लिपुलेक पासबाट व्यापारिक मार्ग खोल्ने भनी गरिएको सहमतिले नेपालको स्वाधीनता, आत्मनिर्णय र भौगोलिक अखण्डताविरुद्ध रणनीतिक हस्तक्षेप गरेको छ, त्यसलाई भारत र चीनले अविलम्ब खारेज गर्नुपर्छ’, शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन
मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
६०२ प्यालेस्टिनीको बदलामा हमासले ६ इजरायली बन्दी रिहा गर्ने
६०२ प्यालेस्टिनीको बदलामा हमासले ६ इजरायली बन्दी रिहा गर्ने
निजामती सेवा दिवस- नारा एकातिर, काम अर्कैतिर
निजामती सेवा दिवस- नारा एकातिर, काम अर्कैतिर
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त  (तस्वीरहरू)
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्वीरहरू)
जेन जेडको एउटा समूह वृहत् भर्चुअल बैठकमा
जेन जेडको एउटा समूह वृहत् भर्चुअल बैठकमा
आज उपसभामुखको उम्मेदवारी दर्ता हुँदै
आज उपसभामुखको उम्मेदवारी दर्ता हुँदै
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल
यू-१९ महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै
यू-१९ महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै