नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.
  • विकास देवकोटाले नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामी अझै पहिचान हुन नसकेको बताएका छन् ।
  • मंगलबार विश्व क्षयरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले क्षयरोग उपचार गरेर निको पार्न सकिने रोग भए पनि विभिन्न कारणले अझै प्रभावकारी रूपमा पहिचान र उपचारको दायरा विस्तार गर्न नसकिएको उल्लेख गरेका हुन् ।

१० चैत,काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामी अझै पहिचान हुन नसकेको बताएका छन् । मंगलबार विश्व क्षयरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले क्षयरोग उपचार गरेर निको पार्न सकिने रोग भए पनि विभिन्न कारणले अझै प्रभावकारी रूपमा पहिचान र उपचारको दायरा विस्तार गर्न नसकिएको उल्लेख गरेका हुन् ।

उनका अनुसार समाजमा अझैपनि केही स्तरमा भेदभाव कायम रहनुका साथै स्वास्थ्य क्षेत्रबाहिरका सरोकारवालाहरूको भूमिका पर्याप्त रूपमा समेट्न नसकिएको अवस्था छ । उनले भने, ‘क्षयरोग रोग उपचार गरेर निको हुने रोग हुँदाहुँदै केही कारणले डिस्क्रिमिनेसन हुनसक्छ । सायद स्वास्थ्य भन्दा बाहिरी क्षेत्रले गर्नुपर्ने काम पनि धेरै होलान । जुन हामीले समेट्न सकेका छैनौं । सायद हाम्रा प्रयासहरु अझै नपुगेको होला ।’ देवकोटाका अनुसार नेपालमा वार्षिक करिब ६९–७० हजार क्षयरोगी अनुमान गरिए पनि तीमध्ये झण्डै ४५ प्रतिशत बिरामी अझै पहिचान बाहिर छन् । बिरामी पहिचानका लागि विभिन्न नयाँ विधि अपनाइएको उल्लेख गर्दै उनले घरघरमै पुग्ने कार्यक्रम (हाउसहोल्ड सर्वे) सञ्चालनमा रहेको जानकारी दिए ।

‘नेपालमा ४५ प्रतिशत स्टिमेट गरेका छौं । ६९–७० हजारको हाराहारीमा अर्थात ४५ प्रतिशत जति हामीले पहिचान गर्नै सकेका छैनौं । पहिचान गर्ने तरिकाहरु हामीले प्रयोगमा ल्याइरहेका छौं । विभिन्न हाउसहोल्ड कार्यक्रमहरु पनि छन्,’ उनले भने । त्यसैगरी, छिटो र प्रभावकारी पहिचानका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी एक्स–रे परीक्षणलाई समेत विस्तार गरिएको उनले बताए । यसका लागि आवश्यक बजेटसमेत उपलब्ध रहेको र यसै वर्षदेखि कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइने उनको भनाइ छ । उनले विगतका सर्वेक्षणहरूले पनि अपेक्षित सुधार नदेखाएको उल्लेख गर्दै समस्या कहाँ भइरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए। ‘हामीले जति अनुमान गरेका छौं, वास्तवमै त्यति नै केस छन् कि हामीले पहिचान गर्न नसकेको हो भन्नेमा स्पष्ट हुन जरुरी छ,’ उनले भने । घरमै बसेर अस्पताल नआउने प्रवृत्ति पनि बिरामी पहिचानमा चुनौती बनेको उनले औंल्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी संसद्‌मा ट्रम्पको पहिलो सम्बोधन: यी हुन् महत्त्वपूर्ण १० कुरा
अमेरिकी संसद्‌मा ट्रम्पको पहिलो सम्बोधन: यी हुन् महत्त्वपूर्ण १० कुरा
पहिलो त्रैमासमा १ खर्ब २२ अर्ब भन्सार राजस्व संकलन
पहिलो त्रैमासमा १ खर्ब २२ अर्ब भन्सार राजस्व संकलन
भोलिदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने
भोलिदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति
रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी
रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी
जलवायु परिवर्तनको क्षतिपूर्ति माग गर्दै काठमाडौँमा प्रदर्शन
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजाने तयारी
रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजाने तयारी
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल