मेयरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई गोलीले उडाइदिने धम्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
३१ पटक हेरिएको
Shares
मेयरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई गोलीले उडाइदिने धम्की

सारांश

  • धनुषा स्थित विदेह नगरपालिकाका मेयर बेचन दास र उनका छोरा रामभजन दासले नगरपालिकामा आतङ्क मच्चाएका छन् ।
  • मेयर दासले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहलाई गोली हानेर उडाइदिने धम्की दिएका छन् भने निज मेयरका छोरा रामभजन दासले  प्रमुख प्रशासकीय अधिकृत साहमाथि हातपात नै गरेका छन् ।
  • आफूमाथि हातपात भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत साहले सुरक्षाको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएका छन् ।

 

३० माघ,  काठमाडौँ । धनुषा स्थित विदेह नगरपालिकाका मेयर बेचन दास र उनका छोरा रामभजन दासले नगरपालिकामा आतङ्क मच्चाएका छन् । मेयर दासले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहलाई गोली हानेर उडाइदिने धम्की दिएका छन् भने निज मेयरका छोरा रामभजन दासले  प्रमुख प्रशासकीय अधिकृत साहमाथि हातपात नै गरेका छन् ।

आफूमाथि हातपात भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत साहले सुरक्षाको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएका छन् । साहले हातपात गर्ने मेयरका छोरा र गोलीले उडाइदिने धम्की दिने मेयर दासमाथि उचित कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएका हुन् ।  पिडित प्रमुख प्रशासकीय अधिकृत साहका अनुसार मेयर बेचनका छोरा रामभजनले शिक्षा सेवा आयोगबाट सिफारिस भएकी निमावि सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराउँदा तैले यसलाई किन हाजिर गराइस् भन्दै धाक धम्की , गाली गलौज गर्दै साहलाई उहाँकै कार्यकक्षमा कुटपिट गरेका थिए ।  साहले आफूमाथि कुटपिट भएको जानकारी धनुषा प्रहरी प्रमुखलाई दिएका थिए।

त्यसलगत्तै प्रहरी कार्यालयमा भएको छलफलका क्रममा मेयर बेचनले प्रहरी जवानद्धय विकास बस्नेत, विकास कुमार राय तथा  विनपा ७ का वडा अध्यक्ष राजकिशोर सिंहकै अघि  निज मेयर वेचन दासले प्रमुख प्रशासकीय अधिकृतलाई धक्काउदै मलाई गाली गर्नेलाई गोली हान्छु र मलाई कुनै कानुनले रोक्न सक्दैन भन्दै  धम्की दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत साहले मेयरबाटै आफूलाई ज्यान मार्ने धम्की आएको र उनका छोराले कुटपिट गरी आतंकित पारेकाले मेयर र उनका छोरा  गरी दुवै जनालाई पक्राउ गरी उचित कारबाही गर्न तथा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुरक्षित साथ काम गर्न पाउने वातावरण मिलाइदिन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताए । जिल्ला प्रशासन कार्यालय धनुषाले यस विषयलाई गम्भीरतापूर्वक लिएर छानबिन गर्न नसकेको भन्दै  नगरपालिकाका अन्य कर्मचारीले  गुनासो गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु
माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु
टर्कीमा प्रशिक्षण विमान दुर्घटनाः दुई पाइलटको मृत्यु
टर्कीमा प्रशिक्षण विमान दुर्घटनाः दुई पाइलटको मृत्यु
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक
दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक
राष्ट्रपति पौडेल आज तनहुँ जाँदै
राष्ट्रपति पौडेल आज तनहुँ जाँदै
प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ
प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ
ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित
ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित
धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री
धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
एनपीएल : आज विश्राम, मंगलबार यी २ खेल
एनपीएल : आज विश्राम, मंगलबार यी २ खेल