Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

त्रिविमा एकैपटक ८ डिन नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ३०, २०८१
|
|
४६ पटक हेरिएको
Shares
त्रिविमा एकैपटक ८ डिन नियुक्त

सारांश

  • शनिबार बसेको त्रिवि कार्यकारी परिषद‍्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो।
  • नियुक्ति पाएकाहरूलाई आज (आइतबार) नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ।
  • त्रिविका प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन्।

 

३० मंसिर, त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा एकैपटक ८ जना डिन नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारी परिषद‍्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो।

नियुक्ति पाएकाहरूलाई आज (आइतबार) नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ। त्रिविका प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन्। त्यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राडा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर

वज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल डिन नियुक्त भएका हुन् । बैठकले योजना निर्देशनालयका निर्देशकमा डा लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्राडा मीना राजभण्डारीलाई नियुक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेनु दाहाललाई हर्क साम्पाङको कटाक्ष- तपाईँको बाउ र पार्टी दुवै ठिक छैन, बिचरा तपाईँलाई के थाहा
रेनु दाहाललाई हर्क साम्पाङको कटाक्ष- तपाईँको बाउ र पार्टी दुवै ठिक छैन, बिचरा तपाईँलाई के थाहा
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते
बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते
नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक
नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक
काठमाडौंबाट श*व लिएर पुगेको हेलिकोप्टर दु*र्घटना
काठमाडौंबाट श*व लिएर पुगेको हेलिकोप्टर दु*र्घटना
रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित महिला पक्राउ
रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित महिला पक्राउ
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
कर्जाको ब्याज अनुदानका लागि १० अर्ब निकासा
कर्जाको ब्याज अनुदानका लागि १० अर्ब निकासा