Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
४२ पटक हेरिएको
Shares
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनताका लागि जति गर्नुपर्थ्यो त्यो गर्न नसकेकोमा आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
  • शनिबार मधेश प्रदेशको जनकपुरधाममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
  • ‘हामीले जति गर्न सक्नुपर्थ्यो त्यति गर्न नसकेकोमा हामी जनताका सामु आत्मालोचना हुनुपर्छ,’ श्रेष्ठले भनेका छन् ।

२० मंसिर, जनकपुरधाम ।

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनताका लागि जति गर्नुपर्थ्यो त्यो गर्न नसकेकोमा आत्मालोचना गर्नुपर्ने बताएका छन् । शनिबार मधेश प्रदेशको जनकपुरधाममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हामीले जति गर्न सक्नुपर्थ्यो त्यति गर्न नसकेकोमा हामी जनताका सामु आत्मालोचना हुनुपर्छ,’ श्रेष्ठले भनेका छन् । उनले मधेश पहाड र हिमालाई एकताबद्ध गराउन नसके पार्टी निर्माणमा अघि बढ्न नसक्ने जिकिर गरे । ‘हामीले मधेश पहाड र हिमालाई एकताबद्ध गराउन सकेनौं भने, मधेशी जनतालाई अधिकार सम्पन्न र विकसित गर्न सकेनौं भने हामीले नेपालको राष्ट्रिय एकता, राष्ट्रिय एवं भौगोलिक विकासको रक्षा र नेपालाई सम्पन्न बनाउन सक्दैनौं,’ उनले भने ।

कांग्रेस एमाले लगायत र मधेशवादी दलहरूले मधेशमा सत्ता सञ्चालन गर्न नसकेपछि आफूहरूले जिम्मा लिएको बताए । भिजन निर्माण र वैचारिक, सैद्धान्तिक कुरामा आफूहरू प्रष्ट रहेको उनले बताए । उनले पार्टी एकतामात्रै गरेर नहुने बताउँदै सुदृढ बनाउनुपर्ने बताए । ‘पार्टी एकतामात्रै गरेर हुँदैन, यो पार्टीलाई सुदृढ बनाउनपर्छ,’ उनले भने, ‘भ्रष्टाचार गर्ने, घुस खाने हाम्रो पार्टीमा छैनन् भन्ने बनाउनुपर्ने हुन्छ । विधि पद्धतिमा अनुशासित पार्टी बनाउनुपर्छ ।’ भ्रष्टाचारीलाई पार्टीबाट हटाउन शुद्धिकरण अभियान चलाउनुपर्ने पनि उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध
मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध
ससुराको ह*त्या भएको २ महिनापछि बुहारी पक्राउ
ससुराको ह*त्या भएको २ महिनापछि बुहारी पक्राउ
जागिरको प्रलोभन देखाउँदै नर्ससंग यौन प्रस्ताव
जागिरको प्रलोभन देखाउँदै नर्ससंग यौन प्रस्ताव
खोलामा डुबेर कपिलवस्तुमा एक जनाको मृ*त्यु
खोलामा डुबेर कपिलवस्तुमा एक जनाको मृ*त्यु
३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना
मापदण्डभित्र आउनू औषधि पसललाई काठमाडौं महानगरको निर्देशन
मापदण्डभित्र आउनू औषधि पसललाई काठमाडौं महानगरको निर्देशन
घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण
घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
यू-१९ महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै
यू-१९ महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै