ससुराको ह*त्या भएको २ महिनापछि बुहारी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १४, २०८३
|
|
१७३ पटक हेरिएको
Shares
ससुराको ह*त्या भएको २ महिनापछि बुहारी पक्राउ

सारांश

  •  पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका- ५ पाँगा निवासी शर्मिला शाही रहेकी जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिए।
  • गएको साउन ११ गते दिउँसो ७५ वर्षीय गंगाराम शाही जुनिचाँदे गाउँपालिका- ५ पाँगास्थित आफ्नै घरमा मृत भेटिएका थिए।
  • दारिलो हतियारले घाँटीमा प्रहार गरेको अवस्थामा उनको शव भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।

ससुराको हत्या गरेको आरोपमा जाजरकोट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका- ५ पाँगा निवासी शर्मिला शाही रहेकी जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिए।

गएको साउन ११ गते दिउँसो ७५ वर्षीय गंगाराम शाही जुनिचाँदे गाउँपालिका- ५ पाँगास्थित आफ्नै घरमा मृत भेटिएका थिए।

दारिलो हतियारले घाँटीमा प्रहार गरेको अवस्थामा उनको शव भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।

गंगारामको हत्यामा बुहारी शर्मिलाको संलग्नता रहेको भन्दै शाहीका जेठा छोरा राजकुमार शाहीले यही असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा शर्मिलालाई प्रहरीले असोज ८ गते घरबाटै पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत जाजरकोटबाट १० दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

शर्मिलाले ससुराको हत्या गर्नुको कारण भने प्रहरीले खुलाएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बला*त्कारको आरोपमा वडाध्यक्ष पक्राउ
बला*त्कारको आरोपमा वडाध्यक्ष पक्राउ
विदेशी अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
विदेशी अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन – बाबुराम भट्टराई
भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन – बाबुराम भट्टराई
आइतबार सार्वजनिक बिदा
आइतबार सार्वजनिक बिदा
३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
क्यानडा टी-२० सिरिजमा आज तेस्रो खेल खेल्दै नेपाल
क्यानडा टी-२० सिरिजमा आज तेस्रो खेल खेल्दै नेपाल
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता