नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
२४ पटक हेरिएको
Shares
नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने

सारांश

  • नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ ।
  • पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना भएको हो ।
  • पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्न लागिएको बताए ।

३० कात्तिक, काठमाडौं ।

नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना भएको हो । पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्न लागिएको बताए ।

यद्यपि कुन प्रदेशमा कहिले सभा गर्ने भन्नेबारे निर्णय लिन बाँकी रहेको उनले बताए । भोलि (सोमबार) बेलुकीसम्ममा कहाँ कहिले सभा गर्ने भन्नेबारे निर्णय लिइने उनले बताए । ‘सातै प्रदेशमा सन्देश सभा गर्नका लागि हामी सबै पार्टीका नेताहरू समेत बसेर छलफल भएको छ । कहाँ कहाँ कहिले कहिले गर्ने भन्ने केही सुझाव आएका छन्,’ उनले भने, ‘९ गतेदेखि २०/२१ गतेसम्म प्रदेश, महत्त्वपूर्ण स्थान, जिल्लामा सन्देश सभाहरू गर्छौं । आज त्यही विषयमा छलफल भएको हो ।’

त्यस्तै, अर्का नेपा बामदेव गौतमले पनि पार्टी एकताको सन्देश देशैभर पुर्‍याउनेगरी सभ ागर्न लागिएको जानकारी दिए । ‘हामीले यो सन्देश दिन्छौं, कि नेपालमा हामीले समाजवाद निर्माण गर्छौं । नेपालको संविधानले परिकल्पना र निर्देशन गरेको समाजवाद हामीले निर्माण गरेर देशका जति पनि समस्या छन् त्यसको समाधान हामीले गर्छौं,’ गौतमले भने । बैठकपछि अर्का नेता झलनाथ खनालले पनि समाजवादको बाटोमा अर्जुनदृष्टि बनाएर अघि बढ्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्योः गृहमन्त्री अर्याल
भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्योः गृहमन्त्री अर्याल
वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
मलंगवाका सडकमै बालुवा–गिट्टीको डिपो
मलंगवाका सडकमै बालुवा–गिट्टीको डिपो
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, चालक गम्भीर
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, चालक गम्भीर
असान्दर्भिक १५ ऐन खारेज गर्न सिफारिस
असान्दर्भिक १५ ऐन खारेज गर्न सिफारिस
महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृ*त्यु, एक जना घाइते
महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृ*त्यु, एक जना घाइते
रास्वपा सांसदले भेटे भारतका पूर्वउपराष्ट्रपति नायडू
रास्वपा सांसदले भेटे भारतका पूर्वउपराष्ट्रपति नायडू
राष्ट्रियसभा चुनावको उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
राष्ट्रियसभा चुनावको उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास