गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
२७ पटक हेरिएको
Shares
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता

सारांश

  • गृहमन्त्री रमेश लेखकले आज बिहान बैतडीस्थित जिल्ला प्रहरी कार्यालय (जिप्रका)को अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
  • निरीक्षणका क्रममा गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था र प्रहरी युनिटहरूको अवस्था बारे जानकारी लिनुभएको हो।
  • प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार, गृहमन्त्री लेखकको टोलीले जिप्रकासहित जिल्लाका अन्य प्रहरी इकाइहरूको अवस्थाबारे अवलोकन गरेको थियो।

२१ असार, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले आज बिहान बैतडीस्थित जिल्ला प्रहरी कार्यालय (जिप्रका)को अनुगमन तथा निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था र प्रहरी युनिटहरूको अवस्था बारे जानकारी लिनुभएको हो।

प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार, गृहमन्त्री लेखकको टोलीले जिप्रकासहित जिल्लाका अन्य प्रहरी इकाइहरूको अवस्थाबारे अवलोकन गरेको थियो। निरीक्षणका क्रममा भवन अभाव, महिला तथा बालबालिका सेवा केन्द्र र व्यारेक भवनको आवश्यकता सम्बन्धी जानकारी गृहमन्त्री समक्ष प्रस्तुत गरिएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो।

डीएसपी मिश्रका अनुसार, महिला बालबालिका सेवा केन्द्र तथा प्रहरीका लागि व्यारेक भवन निर्माणका लागि आवश्यक बजेटको पहल गरिदिन आग्रह गरेका छौँ। गृहमन्त्री लेखकले आफ्नै कार्यकालभित्र उक्त संरचना निर्माणका लागि बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। निरीक्षणपछि उहाँले बैतडीको ऐतिहासिक जगन्नाथ मन्दिरमा दर्शन गर्नुभएको थियो। आजै उहाँको बैतडीबाट फिर्ता हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित
सीसीटीभीबाट पत्ता लाग्यो पुणेमा बसभित्र युवतीलाई बलात्कार गर्ने युवक
सीसीटीभीबाट पत्ता लाग्यो पुणेमा बसभित्र युवतीलाई बलात्कार गर्ने युवक
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
प्रदेशलाई अधिकारसम्पन्न देखि जेनजीका न्यायोचित माग पुरा गर्न जसपा नेपालको माग 
प्रदेशलाई अधिकारसम्पन्न देखि जेनजीका न्यायोचित माग पुरा गर्न जसपा नेपालको माग 
महाकाली कोरिडोरलाई नीति तथा कार्यक्रममा समावेश गर्न सांसद बडूको माग
महाकाली कोरिडोरलाई नीति तथा कार्यक्रममा समावेश गर्न सांसद बडूको माग
अमेरिकाविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा
अमेरिकाविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर