Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दुर्गा प्रसाईं समूहले गर्‍यो अनिश्चितकालीन आम हड्ताल फिर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८२
|
|
९० पटक हेरिएको
Shares
दुर्गा प्रसाईं समूहले गर्‍यो अनिश्चितकालीन आम हड्ताल फिर्ता

सारांश

  • दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता गरिएको छ ।
  • सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको वार्ताका क्रममा सो सहमति भएको हो ।
  • वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको छ।

७ मंसिर, काठमाडौँ।

दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता गरिएको छ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको वार्ताका क्रममा सो सहमति भएको हो । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको छ। छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाअभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ ।

महाअभियानले २०८२ मङ्सिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति जनाएको छ। वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा.नीराजन प्रसाईँ सहभागी थिए । सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो। अर्को चरणको वार्ता महाअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब कुनै आमाको काख नरित्तियोस्: प्रधानमन्त्री कार्की
अब कुनै आमाको काख नरित्तियोस्: प्रधानमन्त्री कार्की
पोखराका घाइते पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो
पोखराका घाइते पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले
रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले
राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ् दुर्घटना, चार जनाको सकुशल उद्दार
पोखरामा दुई वटा प्याराग्लाइडिङ् दुर्घटना, चार जनाको सकुशल उद्दार
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित
वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ
वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ