पोखराका घाइते पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३, २०८१
|
|
३१ पटक हेरिएको
Shares
पोखराका घाइते पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो

सारांश

  •   थप उपचारका लागि काठमाडौं उड्नै लाग्दाको तस्बिरमा अर्थमन्त्री पौडेलको बायाँ हातमा सेतो पट्टी (ब्यान्डेज) बेरिएको देखिएको छ ।
  • उनको अनुहारमा पनि आयोगले पोलिएको तस्बिरमा देखिन्छ ।
  • महानगर प्रमुख आचार्यको अनुहारमा पनि आगोले पोलिएको छ ।

३ फागुन, काठमाडौं– पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।  थप उपचारका लागि काठमाडौं उड्नै लाग्दाको तस्बिरमा अर्थमन्त्री पौडेलको बायाँ हातमा सेतो पट्टी (ब्यान्डेज) बेरिएको देखिएको छ । उनको अनुहारमा पनि आयोगले पोलिएको तस्बिरमा देखिन्छ ।

महानगर प्रमुख आचार्यको अनुहारमा पनि आगोले पोलिएको छ । घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका दुवै जना लिएर सिम्रिक एयरको हेलिकप्टर काठमाडौंका लागि उडिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । उनका अनुसार घाइते दुवै जनालाई काठमाडौंको कीर्तिपुरस्थित बर्न हस्पिटलमा थप उपचारका लागि ल्याइएको हो । प्रमुख अतिथिका रूपमा पौडेलले स्विच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवै जना घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बला*त्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवालाई ३ वर्ष जेल सजाय
बला*त्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवालाई ३ वर्ष जेल सजाय
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए
धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए
१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी
१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन
सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन
लोकतन्त्रको विकल्प नभएको भन्दै अराजकताविरुद्ध नागरिक समाजको धर्ना
लोकतन्त्रको विकल्प नभएको भन्दै अराजकताविरुद्ध नागरिक समाजको धर्ना
रास्वपा केन्द्रीयसमिति बैठक बस्दै
रास्वपा केन्द्रीयसमिति बैठक बस्दै
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ