बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
१२८ पटक हेरिएको
Shares
बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

सारांश

  • दाङ र झापा जिल्लामा बालिकामाथि जबरजस्ती करणी भएको छ ।
  • प्रहरीले छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरेको छ ।
  • दाङमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-२ बेला बस्ने ४० वर्षीय धर्मराज यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

१९ असोज, काठमाडौँ । दाङ र झापा जिल्लामा बालिकामाथि जबरजस्ती करणी भएको छ । प्रहरीले छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरेको छ ।

दाङमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-२ बेला बस्ने ४० वर्षीय धर्मराज यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालिकालाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता झापाको १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१ बस्ने २१ वर्षीय दिक्छेन तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । तामाङले ती बालिकालाई गत असोज १४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?