पूर्वराजदूत सुवेदीले गठन गरे ‘जन युग’ पार्टी, को-को छन् केन्द्रीय समितिमा ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
४१ पटक हेरिएको
Shares
पूर्वराजदूत सुवेदीले गठन गरे ‘जन युग’ पार्टी, को-को छन् केन्द्रीय समितिमा ?

सारांश

  • पूर्वराजदूत नवराज सुवेदीले ‘जन युग’ नामको नयाँ पार्टी गठन गरेका छन् ।
  • यही असोज २४ र २५ गते काठमाडौंमा सम्पन्न भेलाले सुवेदीको संयोजकत्वमा नयाँ पार्टी गठन गरेको हो ।
  • त्यसको जानकारी सुवेदीले असोज २७ गते प्रेस विज्ञप्ति जारी गरी दिएका छन् ।

२८ असोज, काठमाडौं ।

पूर्वराजदूत नवराज सुवेदीले ‘जन युग’ नामको नयाँ पार्टी गठन गरेका छन् । यही असोज २४ र २५ गते काठमाडौंमा सम्पन्न भेलाले सुवेदीको संयोजकत्वमा नयाँ पार्टी गठन गरेको हो । त्यसको जानकारी सुवेदीले असोज २७ गते प्रेस विज्ञप्ति जारी गरी दिएका छन् । विज्ञप्तिमा लेखिए अनुसार बन्दसत्रले सुवेदीको संयोजकत्वमा ३२ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । पार्टीको सचिवमा विमल पोखरेल छन् । बाँकी सबै केन्द्रीय सदस्यहरु छन् । सुवेदी जनमोर्चाबाट निर्वाचित पूर्व सांसद हुन् । पछि उनी प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा आए । माओवादी विभाजित हुँदा उनी बाबुराम नेतृत्वको नयाँ शक्तिमा लागे ।

उपेन्द्र–बाबुराम नेतृत्वको जसपामा पनि थिए उनी । त्यतिबेला जसपा सरकारमा रहँदा उनी साउदी अरबका लागि नेपाली राजदूत समेत नियुक्त भएका थिए । अहिले उनले नयाँ पार्टी गठन गरेका हुन् । देशको राजनीतिमा सत्ताकेन्द्रित गठबन्धनबाट निर्माण गरिएको निरंकुशता, तानाशाही, स्वेच्छाचारिता, भ्रष्टाचार, कुशासनले देश गम्भीर राजनीतिक संकटमा फस्दै गएको अवस्थालाई हल गर्नका लागि सत्ताधारी तथा मुख्य पार्टीहरु पूर्णरुपमा असफल भएकाले नयाँ दल गठन गरिएको सुवेदीले बताए । उनका अनुसार दर्शन, सिद्धान्त, विचार र नीतिसँग मेल खाने विभिन्न व्यक्ति, समूहसँग गहन छलफल, अन्तरक्रिया, सहकार्य, मोर्चा निर्माण गर्दै जाने नीति रहेको छ ।

यस्तो छ सुवेदीको संयोजकत्वमा गठित जन युग पार्टीको केन्द्रीय समिति –

१. संयोजक : नवराज सुवेदी (प्यूठान/ललितपुर)

२. सचिव : विमल पोखरेल (प्यूठान)

३. सदस्य : डा. लछी सिंह (कञ्चनपुर)

४. ठाकुर पोखरेल (काठमाडौं)

५. गणेश लोहार (बैतडी)

६. डा. अमृत भुसाल (अर्घाखाँची)

७. आह्वान श्रेष्ठ (भक्तपुर)

८. कृष्ण अर्याल (गुल्मी)

९. कुलचन्द्र पोखरेल (प्यूठान)

१०. रामचन्द्र पोखरेल (काठमाडौं)

११. उपेन्द्र अधिकारी (दोलखा)

१२. पुरुषोत्तम गजुरेल (नुवाकोट)

१३. रीता पोखरेल (मोरङ)

१४. विमला कार्की (धनकुटा)

१५. रविन्द्र सिंह (ललितपुर)

१६. उत्तम शर्मा (बाग्लुङ)

१७. सुभद्रा क्षेत्री रावत (सिन्धुली)

१८. बरुणध्वज मल्ल (प्यूठान)

१९. कृष्णप्रसाद भुसाल (अर्घाखाँची)

२०. सुनिता कुँवर (धादिङ)

२१. सिर्जना सुवेदी (जुम्ला)

२२. सचन विश्वकर्मा (सिन्धुली)

२३. इन्द्र कँडेल (कैलाली)

२४. दीपक रोका (प्यूठान)

२५. जीवराज बस्नेत (दाङ)

२६. राजु पौडेल (रुपन्देही)

२७. सुमन आचार्य (चितवन)

२८. नवीन पाण्डे (सुनसरी)

२९. गणेश थापा (रुपन्देही)

३०. सरोजमान सिंह (बाग्लुङ)

३१. नवीन केसी (प्यूठान)

३२. शान्ता पोखरेल (रुपन्देही) ।

ठाकुर पोखरेलको अध्यक्षता र बिमल पोखरेलले सञ्चालन गरेको पार्टीको प्रथम भेलाले १२ बुँदे विशेष प्रस्ताव पारित गरेको छ । भेलाले विधान, प्रतिवेदन, विशेष प्रस्ताव तथा पार्टीको मुखपत्रको प्रकाशनको निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको कार्यक्षेत्र विभाजन गर्दै पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने निर्णय भएको छ । भेलालाई नवराज सुवेदी, डा. लछी सिंह, डम्बर खतिवडा, गणेश लोहार, डा. अमृत भुसाल, मुकुन्द आचार्य, नवीन कक्षपती, उपेन्द्र अधिकारी, घनश्याम मिश्र, गोविन्द गिरी र राजन केसीले सम्बोधन गरेका थिए । उद्घाटन समारोहपछि सुरु भएको बन्दसत्रमा ठाकुर पोखरेल, गणेश लोहार, सरोजमान सिंह रहेको अध्यक्षमण्डल गठन भएको थियो । बन्दसत्रमा विमल पोखरेलले राजनीतिक प्रतिवेदन र ठाकुर पोखरेलले विशेष प्रस्ताव पेश गरेका थिए । त्यसपछि बन्दसत्रले जनयुग पार्टीको केन्द्रीय समिति चयन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते
बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते
पीपीएको प्रक्रियामा रहेका कम्पनीलाई ४ दिनभित्र विवरण बुझाउन विद्युत प्राधिकरणको निर्देशन
पीपीएको प्रक्रियामा रहेका कम्पनीलाई ४ दिनभित्र विवरण बुझाउन विद्युत प्राधिकरणको निर्देशन
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आ*गो लगाएका चालकको मृ*त्यु
त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आ*गो लगाएका चालकको मृ*त्यु
चितवन-३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि
चितवन-३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि
चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै
चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात
जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात