टिकटक बन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १९, २०८०
|
|
३८ पटक हेरिएको
Shares
टिकटक बन्ध गर्ने सरकारको निर्णयविरुद्धका रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

सारांश

  •   सामाजिक सञ्जाल  टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटमा सर्वोच्च अदालतमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।
  • कार्त्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
  • टिकटकबाट समाजमा विसंगति, विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्ने निर्णय सरकारले गरेको हो।

१९ मंसिर,काठमाडौं।  सामाजिक सञ्जाल  टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटमा सर्वोच्च अदालतमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ। कार्त्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

टिकटकबाट समाजमा विसंगति, विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्ने निर्णय सरकारले गरेको हो। टिकटक बन्ध गर्ने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्चमा दर्ता भएका १४ वटा रिटहरूको प्रारम्भिक सुनुवाईको क्रममा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारको निर्णयप्रति कारण देखाउ आदेश जारी गरेको थियो। सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार आदेशमा मंसिर १५ गतेभित्रमा कारणसहित लिखित जवाफ माग गरिएको छ। उनका अनुसार आजबाट यो विषयमा सुनुवाईका लागि उक्त इजलासले मिति तोकेको हो।  टिकटक बन्द गर्ने निर्णय नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल, अनन्तराज लुईटेल लगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।

टिकटक बन्द गर्ने सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक,बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै कानुन व्यवसायीहरूले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन माग गरेका छन्। नेपाल दुरसञ्चार प्राधिकरणले टिकटक प्रयोग भएको पाइएमा खबर गर्न सूचना समेत जारी गरेको छ । प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो। टिकटक बन्द गर्ने सरकारको निर्णयसँगै पक्ष/विपक्षमा बहस हुँदै आएको छ।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता
दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता
भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन
भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ
भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ
एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने
एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र