Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ९, २०८१
|
|
४१ पटक हेरिएको
Shares
भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ

सारांश

  • काठमाडौँमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो ।
  • पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र  त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) का नेता कार्यकर्ता रहेका छन् ।
  •   प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियो ।

 

९ असोज , भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो । पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र  त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) का नेता कार्यकर्ता रहेका छन् ।  प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियो । बिर्तामोडबाट मंगलबार नै अभियानकर्मी सुरेश चौधरी पक्राउ परेका थिए ।

यसैगरी हल्दीबारी गाउँपालिका–९ का बिवश लिम्बू , हल्दीबारी–१ वीरबहादुर गुरुङ, खेमराज दाहाल, अर्जुनधारा नगरपालिका–९ का रुद्र भुजेल, बिर्तामोड नगरपालिका–३ का उदय लिम्बु , बुद्धशान्ति गाउँपालिका–४ का बलिहाङ लिम्बू र मेचीनगर नगरपालिका–६ का राजेश महत पक्राउ परेका छन् । उनीहरूले भारतीय ट्रकमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । झापाको चारपानेमा पेट्रोल छर्केर अरू सवारी साधनमा आगजनी गर्ने उनीहरूको प्रयास प्रहरीले विफल बनाएको

जनाएको छ । पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।  पक्राउ परेकामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई भित्र थुनेर आगजनी गरिएको थियो । दुवै ट्रकका चालक घाइते भएका थिए ।  प्रसाईँलाई नेपाल प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृ*तकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृ*तकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने
राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
संघीय संसदका ४ समितिको बैठक बस्दैँ
संघीय संसदका ४ समितिको बैठक बस्दैँ
प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन
प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा
त्रिशूली नदीमा दुई बालिका बेपत्ता
त्रिशूली नदीमा दुई बालिका बेपत्ता
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै
मधेशमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
मधेशमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
राजसंस्थाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन
राजसंस्थाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन