भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ

सारांश

  • काठमाडौँमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो ।
  • पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र  त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) का नेता कार्यकर्ता रहेका छन् ।
  •   प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियो ।

९ असोज , भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो । पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र  त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) का नेता कार्यकर्ता रहेका छन् ।  प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियो । बिर्तामोडबाट मंगलबार नै अभियानकर्मी सुरेश चौधरी पक्राउ परेका थिए ।

यसैगरी हल्दीबारी गाउँपालिका–९ का बिवश लिम्बू , हल्दीबारी–१ वीरबहादुर गुरुङ, खेमराज दाहाल, अर्जुनधारा नगरपालिका–९ का रुद्र भुजेल, बिर्तामोड नगरपालिका–३ का उदय लिम्बु , बुद्धशान्ति गाउँपालिका–४ का बलिहाङ लिम्बू र मेचीनगर नगरपालिका–६ का राजेश महत पक्राउ परेका छन् । उनीहरूले भारतीय ट्रकमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । झापाको चारपानेमा पेट्रोल छर्केर अरू सवारी साधनमा आगजनी गर्ने उनीहरूको प्रयास प्रहरीले विफल बनाएको

जनाएको छ । पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।  पक्राउ परेकामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई भित्र थुनेर आगजनी गरिएको थियो । दुवै ट्रकका चालक घाइते भएका थिए ।  प्रसाईँलाई नेपाल प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता
बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
बालेन र सुदनविरुद्ध अखिलको जाहेरीबारे प्रहरीले २४ घण्टापछि जवाफ दिने
बालेन र सुदनविरुद्ध अखिलको जाहेरीबारे प्रहरीले २४ घण्टापछि जवाफ दिने
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
ज्यानमार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान
ज्यानमार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ
आँधीखोलामा आठ करोड लागतमा तटबन्ध निर्माण
आँधीखोलामा आठ करोड लागतमा तटबन्ध निर्माण
अमेरिका विरुद्धको खेलमा नेपालको लगातार दोस्रो जित,
अमेरिका विरुद्धको खेलमा नेपालको लगातार दोस्रो जित,
हितेन्द्रदेवले गरे प्राधिकरणको कार्यकारी निर्देशकमा पदवहाली
हितेन्द्रदेवले गरे प्राधिकरणको कार्यकारी निर्देशकमा पदवहाली