जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ४, २०८२
|
|
३९ पटक हेरिएको
Shares
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता

सारांश

  • देशभरीका एक सय सात विद्यालयका ३५ सय भन्दा बढी खेलाडीहरूको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ विहीबारबाट जेम्स विद्यालयको खेल मैदानमा सुरु भएको छ ।
  • थन्डर बोल्ट्स कप २०२५ मा समूहगत तर्फ फुटबल, भलिवल, बास्केटबल, फुटसल र क्रिकेट तथा व्यक्तिगत तर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस, ई–स्पोट्र्सका खेलहरु समावेश गरिएका छन्।
  • ‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नाराका साथ जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा प्रतियोगिताको बिहीबार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले उद्घाटन गरेका थिए।

३ पुस, काठमाडौं ।

देशभरीका एक सय सात विद्यालयका ३५ सय भन्दा बढी खेलाडीहरूको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ विहीबारबाट जेम्स विद्यालयको खेल मैदानमा सुरु भएको छ । थन्डर बोल्ट्स कप २०२५ मा समूहगत तर्फ फुटबल, भलिवल, बास्केटबल, फुटसल र क्रिकेट तथा व्यक्तिगत तर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस, ई–स्पोट्र्सका खेलहरु समावेश गरिएका छन्।

‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नाराका साथ जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा प्रतियोगिताको बिहीबार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले उद्घाटन गरेका थिए। प्रतियोगिताको समुद्घाटन समारोहमा जेम्स विद्यालयका संस्थापक अध्यक्ष राजेश खड्का, थन्डर बोल्ट्स डेभलप्मेन्ट सेन्टरका निर्देशक बरुण खड्का, ललितपुर महानगरपालिका शिक्षा विभागका निर्देशक देवी पौड्याल, नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित कुमारको सहभागिता रहेको थियो । प्रतियोगिताको विभिन्न खेलको पदक प्राप्तीको आधारमा विजेता टोलीको घोषणा गरिनेछ ।

प्रथम स्थान प्राप्त गर्ने विद्यालयले ५ लाख रुपैंया प्राप्त गर्नेछ। यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालका विद्यालयहरूबीच बलियो खेल संस्कृति र सौहार्दताको विकास गर्ने रहेको छ । थन्डरबोल्ट्स डेभलप्मेन्ट सेन्टरद्वारा प्रायोजित र फोटोन द्वारा समर्थित यस मेगा इभेन्ट्स खेलकुद प्रतियोगिताका साझेदार संस्थाहरूमा मिडिया पार्टनर अन्नपूर्ण पोष्ट, हेल्थ पार्टनर नेपाल मेडिसिटी अस्पताल, मिडिया तथा ब्रोडकास्टिङ पार्टनर वान ओर एट, एडुमार्ट, लगायत अन्य धेरै प्रतिष्ठित कम्पनीहरूको समर्थन रहेको छ। प्रतियोगिता पुस ९ गते सम्पन्न हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराष्ट्रपति यादव र पूर्वराष्ट्रपति भण्डारीको भेटघाट
पूर्वराष्ट्रपति यादव र पूर्वराष्ट्रपति भण्डारीको भेटघाट
बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब, कर्जाको अवस्था कस्तो ?
बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब, कर्जाको अवस्था कस्तो ?
प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
सर्लाही -२ मा रास्वपाका रविन महतो विजयी
सर्लाही -२ मा रास्वपाका रविन महतो विजयी
सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ
सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार, अस्पताल भर्ना
बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार, अस्पताल भर्ना
जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की
जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की