सिन्धुली कारागारबाट ४७१ कैदीबन्दी फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २५, २०८२
|
|
४२ पटक हेरिएको
Shares
सिन्धुली कारागारबाट ४७१ कैदीबन्दी फरार

सारांश

  • सिन्धुली कारागारमा रहेका ४७१ जना कैदीबन्दी बुधबार दिउँसो सामूहिक रूपमा फरार भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार कारागारभित्र आगजनी र नाराजुलुसपछि ठूलो संख्यामा कैदी बाहिर निस्किएका हुन् ।
  • प्रहरीका अनुसार विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीहरूले गेट तोडफोड गर्दै बाहिर भाग्ने प्रयास गरेका थिए ।

२५ भदौ, सिन्धुली  ।

सिन्धुली कारागारमा रहेका ४७१ जना कैदीबन्दी बुधबार दिउँसो सामूहिक रूपमा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार कारागारभित्र आगजनी र नाराजुलुसपछि ठूलो संख्यामा कैदी बाहिर निस्किएका हुन् ।

प्रहरीका अनुसार विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीहरूले गेट तोडफोड गर्दै बाहिर भाग्ने प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको भएपनि उनीहरूलाई रोक्न नसकिएको हो । भीड नियन्त्रणका क्रममा सुरक्षाकर्मीले केही राउन्ड हवाई फायर गरेका थिए, तर कैदीहरू सिन्धुली बजारतर्फ भाग्न सफल भएका छन् । फरार कैदीहरूको खोजीका लागि सुरक्षाकर्मीले चेकजाँच कडा पारेका छन् र बजार क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?